राजेश पायलले गाएको गीतले पिट्यो तहल्का, झनै चुलियो अर्को चर्चा धरानका हर्क साम्पाङका लागि

धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्क साम्पाङको चर्चा देशभर नै छन् । बालेनसंगको फेसबुक नोकझोक होस् नागरिकलाई उतारेर श्रमदान गरेका कारण उनी चर्चाको केन्द्रमा रहेका छन् ।

 

यस्तै, मेयर हर्क साम्पाङको यत्ति बेलाको चर्चा उनका लागि बनाइएको गीतका कारण चुलिएको छ । ‘सलाम हर्क साम्पाङ’ बोलको गीत सार्वजनिक भएको छ । सो गीतमा चर्चित गायक गायिकाले स्वर दिएका छन् । जसको कारण पनि उनको चर्चा झनै चुलिएको छ ।

 

चर्चित गायक राजेश पायल राई र गायिका सशी किरातीले स्वर दिएका छन् । स्टुडियो किङ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा जनप्रिय मेयर हर्क साम्पाङको बारेमा चर्चा गरिएको छ । भिडियोमा स्वयम् हर्क साम्पाङले गरेका कामको क्लिप राखिएको छ । भने गायक राई पनि देखिएका छन् ।

 

सम्बन्धित समाचार