प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न अझै आनाकानी किन गोप्य ?

काठमाडौं, भदौ २१ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

 

 

सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल र गजेन्द्र हमाल आफैले राजीनामा दिए भने २०७९ असार १२ गते मन्त्रिमण्डल फेरबदल हुँदा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) बाट आठ नयाँ थपिने क्रममा सात मन्त्री बिदा भएका थिए। बिदा भएका मन्त्री हुन् वा अहिले बहालवाला, कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले प्रधानमन्त्री र सबै मन्त्रीको सम्पत्ति विवरण प्राप्त भएको बताए। ‘तर कानुनअनुसार सम्पत्ति विवरण गोप्य राखेका हौं,’ उनले भने ।

 

 

सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्न सक्छ कि सक्दैन भन्ने विषयमा सोधिएको जिज्ञासामा उनले भने, ‘यसबारे मैले बुझेको छैन तर कानुनअनुसार नै विवरण गोप्य राखिएको हो।’

 

पूर्वमुख्यसचिव डा. विमल कोइरालाले भने, ‘कानुनले सम्पत्ति विवरण सार्वजनिक गर पनि भन्दैन नगर पनि भन्दैन । सार्वजनिक गर्ने/नगर्ने नैतिकताको विषय हो ।’ आजको नागरिक दैनिकमा समाचार छ

 

सम्बन्धित समाचार