इन्धन आपूर्तिमा अवरूद्धता मर्मतका लागि भएको पुटिनले गरे दावी

(रासस,सिन्ह्वा)

 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले आफ्नो ऊर्जा निर्यातलाई ‘हतियार’का रूपमा प्रयोग गरिरहेको भन्ने आरोपको बुधबार खण्डन गर्नुभएको छ ।

जाडो याम नजिकिँदै गर्दा युरोपमा ऊर्जा मूल्य सङ्कट उत्पन्न हुने डरलाई थप प्रमाणित गर्दै रूसले मर्मतका लागि नोर्ड स्ट्रिम पाइपलाइन केही दिनका लागि बन्द गरिएको जनाएको छ । रूसी आपूर्तिमा अत्यधिक निर्भर रहेको युरोपले युक्रेनमा रूसको सैन्य अभियानलाई लिएर लगाइएको प्रतिबन्धको जवाफमा मस्कोले ऊर्जालाई आपूर्तिलाई ब्ल्याकमेलिङको रूपमा प्रयोग गरेको आरोप लगाउँदै आएको छ ।

 

पुटिनले प्रशान्त महासागरीय बन्दरगाह शहर भ्लादिभोस्तोकमा आयोजित इस्टर्न इकोनोमिक फोरममा भन्नुभयो, “रूसले ऊर्जालाई हतियारको रुपमा प्रयोग गर्छ भन्ने उनीहरूको भनाइ छ । यो निकै गलत छ । आयातकर्ताको अनुरोध र आवश्यकताअनुसार आफ्नो क्षमतामा इन्धन आपूर्ति गर्छौं ।” रूसी ग्याँस कम्पनी गजप्रोमले शुक्रबार एक टर्बाइनमा तेल चुहावट भेटिएपछि नोर्ड स्ट्रिम मर्मतका लागि बन्द गर्ने जनाएको छ ।

 

क्रेमलिनको प्रतिबन्धले रूसी ग्याँस पूर्वाधारको उचित मर्मतसम्भारमा बाधा पु¥याएको र विशेष गरी क्यानाडामा मर्मत भइरहेको सिमेन्स टर्बाइनको फिर्तीमा अवरोध पु¥याएको बताएको छ ।

 

भ्लादिभोस्तोक फोरममा पुटिनले भन्नुभयो, “हामीलाई टर्बाइन दिनुहोस्, हामी भोलि नोर्ड स्ट्रिम घुमाउनेछौं।” “हामी भोलि यो गर्न तयार छौं, केवल एक बटन थिच्न आवश्यक छ । तर हामीले नै प्रतिबन्ध लगाएका होइनौं,” पुटिनले भन्नुभयो

 

सम्बन्धित समाचार