नक्कली कागजात बनाएर अरूको ‘ट्रायल’ दिने ५ जना परे पक्राउ

काठमाण्डाै – नक्कली कागजात बनाएर अरूको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिने पाँच जना भक्तपुरबाट पक्राउ परेका छन् ।

 

मध्यपुर थिमिको राधेराधे इजी वे ट्रायल सेन्टरमा नक्कली नागरिकता र नक्कली प्रवेशपत्र बनाएर अरू व्यक्तिको ट्रायल दिने पाँच जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

पक्राउ पर्नेमा सिन्धुलीको दुधौलीका मनिष श्रेष्ठ, टुल्कुसिँह तामाङ र मनिष लामिछाने, कालीकोटका इन्द्रबहादुर शाही र गोरखाका राजकुमार श्रीमल रहेका छन् । उनीहरूलाई लिखितसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित समाचार