मलेसियामा मृत्युदण्डको सजाय सुनाएका एक नेपाली लाई मृत्युदण्डको सजाय माफ १२ वर्ष जेल सजाय

मलेसिया । मलेसियामा मृत्युदण्डको सजाय सुनाएका एक नेपाली मृत्युदण्डको सजायबाट बचेका छन् । साविकको धनुषा जिल्ला गोविन्दपुर -२ घर भएका सुरज देव शाह तेलीको मृत्युदण्डको सजाय परिवर्तन भएको हो ।

 

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका सुरज कर्तव्यज्यानको अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ । दुतावासका अनुसार मलेसियाको इपो राज्यको उच्च अदालतले सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो ।

 

 

उक्त अदालतको फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित पुनरावेदन अदालतले सन् २०२२ सेप्टेम्बर ८ बिहीबारका दिन सुरज देव शाह तेलीको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ ( क ) मा परिवर्तन गरी बाह्र वर्ष जेलसजाय कायम गरेको छ ।

 

सोही बमोजिम श्री सुरज देव साह तेली बाँकी सजाय सकिएपश्चात नेपाल फर्किने छन् ।

 

सुरज देव विरुद्ध डिसेम्बर २, २०१६ मा बिहान १.३० देखि ४.०५ बजेको बीचमा हुतान मेलिन्टाङको कम्पुङ मुटियारा बटु -१० स्थित लोरी ड्राईमाभर ३४ वर्षीय हरितासलाई उनको घरमै ह,त्या गरेको अभियोग छ ।

 

सम्बन्धित समाचार