सन्दीप लामिछाने भन्छन्: निर्दोष छु र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कन्छु

काठमाण्डाै – बलात्कारको आरोप लागेका सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन् ।

 

आज बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन्। उनले क्यारेबियन प्रिमियर लिग छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आरोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।

 

नेपाल क्रिकेट सङ्घ क्यानले हिजो लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको टिमबाट निलम्बन गरेको छ । १७ वर्षकी नाबालिकलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएर काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तान र टिमबाटै निलम्बन गरेको जनाएको छ ।

 

बलात्कारको आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछाने विरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । अहिले सन्दीप क्यारेबियन प्रिमियर लिगका लागि वेष्टइन्डिजमा रहेका छन् । उज्यालो अनलाइन

 

 

सम्बन्धित समाचार