चितवनबाट डिजिटल स्मार्ट स्वीच बोर्ड उत्पादन गर्न सुरु हेर्नुस् 

 

चितवनबाट डिजिटल स्मार्ट स्वीच बोर्ड उत्पादन सुरु भएको छ । भरतपुर महानगर–१६ स्थित मोहनपुरमा रहेको एड्भान्सटेक इण्डट्रष्टिज प्रालिले नेपालमै पहिलो पटक डिजिटल स्मार्ट स्वीच बार्ड उत्पादन सुरु गरेको हो । २८ जनाको लगानीमा खुलेको उद्योगले पहिलो चरणमा ९ थरीका स्वीच बोर्डहरु बजारमा ल्याएको छ ।

 

उद्योगका अध्यक्ष सुनिलकुमार यादवले ३ बाई ३ र ३ बाई ५ साइजका आकर्षक स्वीच बोर्डहरु उत्पादन भएको बताउनुभयो । हाल मासिक ३ हजार थान स्वीच बोर्डहरु उत्पादन भएकोमा छिटै मासिक ५ हजार थान स्वीच बोर्डहरु उत्पादन गर्ने लक्ष्य रहेको बताउनुभयो । करिब ६ वर्ष परीक्षण तथा अनुसन्धानपछि उत्पादनलाई बजारमा लैजान लागिएको बताउनुभयो ।

 

Yamaha inner

अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा विई पढेका माडीका जीवन दवाडी, सप्तरी राजविराजका सुनिल कुमार यादव, निजगढ बाराका सागर तिमिल्सिना लगायतको समूहले स्वीच बार्डको अवधारणाबारे प्राजेक्ट बनाउनुभएको थियो । अध्ययनकै शिलशिलामा सिकेका कुरालाई व्यवहारमा उतार्न उद्योगको रुप दिइएको छ ।

 

विई पढ्नुभएका उद्योगका उत्पादन प्रमुख जीवन दवाडीले फाइभ जी टेक्नोलोजीमा आधरित स्वीच बोर्डले विस्तारै उपभोक्ताको मन जित्ने बताउनुभयो । बत्ती, पंखा, फ्रिज, टिभि लगायतका सम्पूर्ण विद्युतीय उपकरणलाई मोबाइल एप प्रयोग गरी फोनको सहायताले चलाउन वा बन्द गर्न मिल्ने सुविधा समेत स्मार्ट स्वीचमा रहेको छ । स्क्रिन टच, रिमोर्टबाट समेत स्वीच अनअफ गर्न मिल्ने सुविधाहरु रहेका छन् । आकर्षक डिजाइनमा तयार रहेका स्मार्ट स्वीचबोर्डको बजारीकरण कार्य सुरु हुने बताउनुभयो ।

 

उत्पादन लन्चिङ कार्यक्रममा बोल्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठले विद्युतीय बजारमा नयाँ प्रविधि भित्रिएको बताउनुभयो । आर्थिक केन्द्रका रुपमा विकास भैरहेको चितवनबाटै पहिलो पटक स्मार्ट स्वीच बोर्डको व्यवसायीक उत्पादन सुरु हुनु खुशीको कुरा भएको बताउनुभयो । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले घरायसी तथा उद्योग, व्यवसायमा नयाँ प्रविधिको जरुरत भएको बताउनुभयो । स्मार्ट स्वीचले सहजता ल्याउने अपेक्षा लिइएको बताउनुभयो ।

 

नेपाल विद्युत व्यवसायी महासंघका निर्वतमान अध्यक्ष तेजनारायण खरेलले आंशिक रुपमा नेपालमा स्मार्ट स्वीच बोर्डहरु प्रयोगमा आएपनि पहिलो पटक उत्पादन सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो । समय सापेक्ष डिजिटल स्वीच बोर्ड उत्पादन चितवनबाट हुनु गौरवको विषय भएको बताउनुभयो । बजारीकरणमा विद्युत व्यवसायीहरुले सघाउने प्रतिवद्धता जनाउनुभयो । उत्पादित डिजिटल स्मार्ट स्वीच बोर्डको ४ हजार देखि ८ हजार ५ सय रुपैयाँसम्म रहेको छ । कालिका न्युज बाट

 

सम्बन्धित समाचार