मुस्लिम धर्म विश्वास नगर्ने र कुनै मुस्लिम केटासँग बिहे नगर्ने भन्ने स्टाटस पछि बिवादमा आइन् उर्फी जाबेद

 

तालिबानले अफगानिस्तानमा आफ्नो शासन स्थापना गरेपछि त्यहाँका नागरिकहरूको स्वतन्त्रता खोसिएको छ। उनको जीवन कष्टकर बनिरहेको छ ।

स्वतन्त्रताको प्रतिबन्धले मानिसहरूलाई निस्सासिन बाध्य भएका छन् । तालिवानले अफगानिस्तान कब्जा गरे पछि अहिले त्यहाँ नयाँ नियम ल्याएको छ ।

जसअन्तर्गत एकल महिलाको लामो दुरीको सडक यात्रामा प्रतिबन्ध लगाइएको छ । इन्टरनेट सेन्सेसन उर्फि जावेदले तालिवानको यो निर्णयको निन्दा गरेकी छिन् ।

तालिवानको यो प्रतिबन्धको आलोचना गर्दै उर्फीले इन्स्टा स्टोरीमा लेखेकी छिन्– म तालिबान छिट्टै ध्वस्त होस् भन्ने कामना गर्दछु । आफ्नो धर्म अरुलाई थोपार्न बन्द गर ।

उर्फी जावेदले विगतमा पनि यस्ता घटनाको निन्दा गर्दै आएकी छन् । उर्फी जावेद आफैं हिन्दू धर्म बुझ्ने प्रयासमा छिन् । उनी मुस्लिम धर्ममा विश्वास गर्दिनन् ।

हालै उर्फी जावेदले इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा आफ्नी आमा र भाइ मुस्लिम धर्म मान्ने बताएकी थिइन् । उनीहरूले यसलाई स्वीकार गर्न बाध्य पनि गर्दैनन्।

अभिनेत्रीले आफू मुस्लिम धर्ममा विश्वास नगर्ने र कुनै मुस्लिम केटासँग बिहे नगर्ने बताइसकेकी छिन् । उर्फी जावेद आफ्नो आवेगका कारण निकै चर्चामा आउने गरेकी छिन् ।

अभिनेत्रीले आफू आजकाल भगवद् गीता पढ्दै हिन्दू धर्म जान्न खोजिरहेको खुलासा समेत गरेकी छिन् ।

सम्बन्धित समाचार