नेपाल तामाङ घेदुङ प्रवास साखा मलेसियाको १७ औं बार्षिक उत्सव तथा महाधिवेशन सम्पन्न

मलेसिया । नेपाल तामाङ घेदुङ प्रवास साखा मलेसियाको १७ औं बार्षिक उत्सव तथा महाधिवेशन सम्पन्न भएको छ। हिजो आईतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित Hotel Grand continental मा सम्पन्न भएको हो।सर्वसम्मत रुपमा मिलन थिङ्ग तामाङ अध्यक्षमा चयन भएको छ।

 

नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत सिंह तामाङ को सभापतित्व, नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्ष विपिन राई ज्युको प्रमुख आतिथ्यता,गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनोद थापाको विशेष आतिथ्यता र ब्यवसायी,पत्रकार, समाजसेवी लगायतका विभिन्न ब्यक्तित्वहरुको आतिथ्यता साथै संस्कृतिक कार्यक्रम को बिच कार्यक्रम सम्पन्न भएको हो ।

 

 

नयाँ नेतृत्वमा अध्यक्षमा मिलन थिङ्ग तामाङ, बरिष्ठ उपाध्यक्षमा बिक्रम वाईबा तामाङ, ,महिला उपाध्यक्षमा सहिली थिङ्ग तामाङ (सञ्जना), त्यसैगरी महासचिवमा भुवन वाईबा तामाङ, र सचिवमा सुमन पाख्रिन तामाङ निर्वाचित हुनुभएको छ। त्यस्तै कोषाध्यक्षमा कमल थिङ्ग तामाङ र सह-कोषाध्यक्षमा युनिक योन्जन तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको भने सस्कृति विभाग प्रमुखमा ज्ञान बहादुर तामाङ्ग (GB Tamang) र सुशासन तथा अनुसन्धान विभाग प्रमुखमा छविलाल बम्जन निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमश: राम बहादुर गोले, दिपक तामाङ, सम्झना तामाङ हरि बहादुर तिदुङ र सोम लाल तामाङ सदस्यमा निर्वाचित हुनुभएको हो।

 

नेपाल तामाङ घेदुङ संरक्षक पासाङ पाख्रीन तामाङ, दिपक तामाङ बोम्जन लामा गुरु रन्जित योन्जन तामाङ, तम्ब तथा डम्फुरे, कृष्ण मोक्तान तामाङ, छन् भने सल्लाहकार समितिमा प्रमुख सल्लाहकार जगत दोङ तामाङ, सल्लाहकार मिलन दोङ तामाङ, श्याम थिङ तामाङ, भोज दोङ तामाङ, नवराज रुम्बा तामाङ रहेका छन ।

 

 

प्रमुख अतिथि महासंघको अध्यक्ष बिपिन राई ज्युले प्रमुख अतिथि मन्तव्य व्यक्त गर्दै विगतमा राज्यबाट दमनमा परेको आदिवासी जनजातिहरु मध्ये मासिन्या आदिवासीमा राखेर राज्यबाट दमनमा परेको जाति हो अब पनि राज्यले यस किसिम को दमन गरिएमा तामाङ लगायत सम्पूर्ण आदिवासी जनजाति अधिकार प्राप्तिको अन्दोलनमा महासंघ मलेसियाले सदैव सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो।

 

यसैगरि कार्यक्रमका बिशेष अतिथि गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बोल्दै एनआरएन मलेसियाले नेपाल तामाङ घेदुङ मलेसियाले गरेको कुनै पनि सामाजिक कार्यमा समन्वय गर्ने बताउनुको साथै एनआरएनएले मलेसियामा रहेको श्रमिकहरुको लागि एकदमै जरुरी रहेको श्रम स्वीकृतिको समस्या धेरैमा रहेकोले श्रम स्वीकृति लिन अनलाईन मार्फत लिन सकिने भए पनि प्राय सबैलाई थाहा नभएकोले श्रम स्वीकृति नवीकरणको लागि सहज हुनेगरि दूतावास लगायतको सहकार्यमा ब्यवस्थापन गरिएको छ र मलेसियामा रहनुभएको श्रमिक दाजुभाई तथा दिदी बहिनीहरुमा अनिवार्य श्रम स्वीकृत गर्न अनुरोध गर्नु भएको थियो।

 

सम्बन्धित समाचार