महिलाको समान प्रतिनिधित्व हुनुपर्नेमा जसपा नेतृ डा.मधु गुप्ताको जोड

 

राजन कुमार बानिया

पर्सा

आसन्न प्रतिनिधि सभा सदस्यको लागी पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष तर्फ सिफारिस भएकी जनता समाजबादी पार्टी (जसपा)की नेतृ डा.मधु गुप्ताले सबै ठाउँमा महिलाको समान प्रतिनिधित्व हुनुपर्ने बताएकी छन् ।

सोमबार पाेखरीयामा स्थानियसंग भेटघाटका क्रममा डा.गुप्ताले पुरुष जस्तै महिलाको पनि सबै क्षेत्रमा प्रतिनिधित्व समान हुनुपर्नेमा जोड दिइन्। आफ्नाे पेशा डाक्टर भएपनि आफु महिलाको अधिकार सुनिश्ता गर्नको लागी राजनीतिमा होमिएको उनले बताइन्। उनले संबिधानमा महिलाको अधिकार ३३ प्रतिशत उल्लेख गरिएको भए ता पनि अहिले सम्म त्यो ३३ प्रतिशतको खासगरी ग्रामिण ईलाकाका महिलाले अनुभव गर्न नसकेको दुखेसो पोखीन् ।

डा.गुप्ताले आफु युवा अनि शिक्षित पनि रहेकोले नीति निर्माणकाे तहमा पुगेमा ग्रामिण क्षेत्रका पिछिडिएका समुदायसंगै आदिबासी , जनजाति , मुस्लिम लगायत सबै बर्गको बिकासको लागी साझा रणनीति बनाउन पहल गर्ने बताइन्।

 

सम्बन्धित समाचार