भत्किएको लाल किल्ला जोगाउन जसपाका जिल्ला कमिटीका दिलिप लामा एमालेमा प्रबेश

सिरहा । सिरहामा नेकपा एमालेको लाल किल्ला भत्किए संगै पुन: नेकपा एमालेको लाल किल्ला जोगाउन दुई सय भन्दाबढिको संख्यामा सिरहाका युवाहरु एमालेमा प्रबेश गरेका छन ।

 

मधेश प्रदेशको सिरहा जिल्लाको धनगगढीमाई नगरपालिका – १४ को दुर्गम क्षेत्रमा पर्ने जहाँ मदन भण्डारीको चौथो महाधिवेशन भएर महासचिव चुनिएको ठाँउ हो । त्यस क्षेत्रमा विकासको धेरै अभाव परेको ठाँउ हो । जसमा जसपाको जिल्ला कमिटीका सदस्य गत बैशाख ३० गते सम्पन्न स्थानिय चुनावमा वडाध्यक्षमा चुनाव लड्नु भएका दिलिप लामा जसपा परित्याग गरी एमालेमा प्रबेश गरेका छन । वहाँले एमालेको भत्किएको लाल किल्लालाई पुनः बचाउन एमाले पार्टी प्रवेश गरेको बताउनु भयो ।

 

वहाँ एमाले पार्टी प्रवेशपछि स्थानीयहरुको मुहारमा खुशी नै खुशीले हर्षित भएको स्थानीयले जानकारी दिएको छ । वहाँको कारणले नेपाली भएरपनि नेपाली नागरिकताबाट

वञ्चित भएकालाई बिगतमा नेपाली नागरिकता दिलाउन ठूलो भूमिका रहेको थियो । साथै वहाँमार्फत धेरै उदाहरणीय कार्य गर्नुभएको स्थानीयले बताउनु भयो । वहाँ जस्तो ब्यक्ति नेकपा एमालेमा प्रबेश गर्नु नेकपा एमालेको लागि गौरवको कुरा रहेको स्थानीयले खुशी हुदै बताए ।

 

बिगतमा यस क्षेत्रका स्थानीय अन्धकारमा रुमलिरहेका थिए । अहिले वहाँका कारणले यस क्षेत्रमा विद्युतीयकरण भएको छ । साथै त्यस्ता थुप्रै खालका कार्य गरि स्थानीयहरुको मन जित्न सफल ब्यक्ति भएको कारणले राष्ट्रिय पार्टीमा प्रबेश गर्नुले स्थानीय खुशी रहेको बताएका छन ।

 

सम्बन्धित समाचार