राष्ट्रपतिबाट संवैधानिक व्यवस्थामाथि प्रहार भएको भन्दै सत्तारुढ चार दलले निकाल्यो यस्तो निष्कर्ष

काठमाण्डाै – सत्तारुढ चार दलले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको निष्कर्ष निकालेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताले संयुक्त विज्ञप्ति निकालेर राष्ट्रपतिले संबिधानको पालना र संरक्षण गर्नुपर्नेे कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको ठहर गरेको हो ।

 

राष्ट्रिपति भण्डारीको यो कदमबाट नागरिकले निर्वाचित गरेको संघीय संसदको घोर अपमान र अवमूल्यन भएको विज्ञप्तिमा भनिएको छ । यस्तै, राष्ट्रपति भण्डारीको यो कदमबाट नागरिकता प्राप्त गरिसकेका नेपाली आमा–बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएको पनि गठबन्धनको आरोप छ ।

 

राष्ट्रपतिको यो कदमका विरुद्ध सचेत रहन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संवैधानिक व्यवस्थाका पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बौद्धिक समुदाय, सञ्चार जगत लगायत सबैलाई बैठकले आह्वानसमेत गरेको छ । उज्यालो अनलाइन

 

सम्बन्धित समाचार