राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा रेखा थापा मनोनित भएपछि…

काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा अभिनेत्री रेखा थापा मनोनित भएकी छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गरेका हुन् ।

 

यसअघि अध्यक्ष लिङ्देनले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । गत मंसिरमा सम्पन्न पार्टीको अधिवेशनमा अभिनेत्री थापा लिङ्देन समूहबाट महामन्त्री पदको उम्मेदवार थिइन् । तर उनी कुन्तीकुमारी शाहीसँग पराजित हुन पुगेकी थिइन् ।

 

सम्बन्धित समाचार