पाल्पामा मन्दिर हिडेको जीप दुर्घटना, हुँदा ४ जना घाइते

पाल्पा – पाल्पामा पूजाका लागि मन्दिर गएका मानिसहरू चढेकाे जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

 

आज मङ्गलवार दिउँसो १२ बजेतिर रैनादेवीछहरा गाउँपालिका ३ मा रहेको रैनादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा घाइते भएका चालक रैनादेवी ३ का ४० वर्षीय खगेन्द्रबहादुर कुमाल, १८ वर्षीय रितिक परियार, १७ वर्षीय सुनिल परियार र २१ वर्षीया सरिता कुमालको सदरमुकाम तानसेनमा उपचार भइरहेको छ । घाइतेमध्ये रितिक र सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १६ जना चढेका प्रहरीकाे भनाइ छ ।

 

सम्बन्धित समाचार