यूकेमा रहेकी मिरुना नेपाल आउन नपाएपछि ‘फूलबारी’मा अनुवन्धित भइन् शिल्पा

काठमाडौँ – रामबाबु गुरुङको निर्देशनमा तयार भैरहेको फिल्म ‘फूलबारी’मा नायिका शिल्पा मास्के अनुवन्धित भएकी छिन् । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको अवस्थामा शिल्पा फिल्ममा जोडिएकी हुन् ।

 

नायिका मिरुना मगर यूकेमा रहेकी मिरुना नेपाल आउन नपाएपछि उनको ठाउँमा शिल्पाको प्रवेश भएको हो । यस्तै, फिल्ममा श्रृजना सुब्बाको स्थानमा कलाकार गौमाया गुरुङको प्रवेश भएको छ ।

 

गौमायाले पनि फिल्म ‘कबड्डी ४’मा काम गरेकी थिइन् । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की मुख्य भूमिकामा छन् । फिल्म ‘छड्के २’का कारण श्रृजनाले समय दिन नसकेपछि गौमाया फिल्ममा भित्रिएकी हुन् ।

फिल्म ‘छड्के २’का कारण श्रृजनाले समय दिन नसकेपछि गौमाया फिल्ममा भित्रिएकी हुन् ।

सम्बन्धित समाचार