काँग्रेस उम्मेदवार रिजाललाई ठोरीमा भव्य स्वागत

 

राजन कुमार बानिया

पर्सा

पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार रमेश रिजाललार्र्ई ठोरीमा भव्य स्वागत गरिएको छ

शुक्रबार ठोरी गाँउपालिकाको निर्मलवस्तीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजाललाई स्थानीयवासीले भव्य स्वागत गरेका हुन् ।काँग्रेस नेता कार्यकर्ता र स्थानीयले समेत काँग्रेस उम्मेदवार रिजाललाई खादा , गम्छा र माला लगाएर स्वागत गर्दै उनको जितका लागि नारा पनि लगाएका थिए ।

कार्यक्रममा बोल्दै रिजालले आफु पदमा रहे पनि नरहेपनि ठोरी र क्षेत्र नम्बर ४ को जनताको सुखदुखमा सदैव साथमा रहदै आएको बताए । उनले ठोरी र यस क्षेत्रको विकास र समृद्धिका लागि लामो समय देखि सांसद पदमा नरहेपनि सकेको जति योगदान दिदै आएकोे जिकिर पनि गरे ।

रिजालले भने ,‘ म कस्तो नेता हु ठोरीका जनतालाई बताइरहन जरुरी छैन , यहाका जनताको हरेक सुखदुखमा साथमा रहदै आएको छु , त्यस कारण आगामी निर्वाचनमा जनताले मलाई एक पटक अवसर दिने कुरामा म विश्वस्त छु ।

उनले भने ,‘ २०७४ को निर्वाचनमा जितेका सांसदले चुनाव जितेपछि क्षेत्र नम्बर ४ का लागि के के गरे ? ठोरीलाइ माया गरे कि गरेनन् ? अहिले उनि कुन क्षेत्रमा भागे ? यसको मुल्यांकन ठोरीका जनताले गरिरहेका छन् ।

रिजालले जनताले २/३ बहुमत दिदा समेत पद र सत्ताका लागि तीन बर्ष पनि सरकार चलाउन नसक्ने र पार्टी भित्रको आन्तरिक किचलोका कारण दुई दुइ पटक सांसद नै बिघटन गर्ने एमालेलाई पनि आगामी चुनावमा जनताले तह लगाइ दिने बताए ।

संविधान र लोकतन्त्र रक्षाका लागि काँग्रेसले पाँचदलीय गठबन्धन गर्नु परेको प्रस्ट्याउदै रिजालले आगामी निर्वाचनमा संविधान र मधेस विरोधी एमालेलाई परास्त गरेर फेरि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवा पनि गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि भएपनि काँग्रेसलाई मत दिन अपिल पनि गरे ।

काँग्रेसका ठोरी गाँउपालिका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे , महाधिबेशन प्रतिनिधि एंव जिल्ला सहसचीव नवीन सिन्ह ,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव,सचीव बालिस्टर अहमद, युवा नेता राकेश यादव लगायतका नेताकार्यकर्ताको सहभागीता रहेको थियो

 

सम्बन्धित समाचार