जनताबाट पाइरहेको समर्थनले झन् उत्साहित भएको छु,प्रहलाद गुप्ता

राजन कुमार बानिया

पर्सा

 

पर्सा क्षेत्र नम्बर ४ को प्रदेश सभा ( ख ) मा स्वतन्त्र उम्मेद्वार प्रहलाद गुप्ता प्रति जनताको व्यापक सहानुभूति देखिन्छ । गुप्ताको चुनाव चिन्ह लालटेन छापमा मतदान गरि क्षेत्रमा परिवर्तन ल्याउन उत्साहित भएर मतदाता स्वस्फूर्त रूपमा उनको घरदैलो कार्यक्रममा जुटिरहेका छन ।

क्षेत्र अन्तर्गतको धोबनी,आसवारी,बसन्तपुर,फुलवरियामा उनको घरदैलोमा उल्लेखनीय सहभागिताले गुप्ता प्रति आकर्षण बढेको देखिन्छ । बीरगन्ज चिनी कारखानाको केमिष्ट समेत रहेर काम गरेका गुप्ता दुई पटक मुखिया समेत भईसकेका नेता हुन ।

क्षेत्र मै सबै भन्दापुराना कम्युनिस्ट नेताको रूपमा परिचित गुप्ताको राम्रो जनाधार छ । घरदैलो कार्यक्रम गुप्ताले आफू निर्वाचित भएपछि ठेकेदारी होईन जनताको सेवा गर्ने बताउनु भयो ।

प्रदेश सभा सदस्यले क्षेत्रकोभौतिक ,शैक्षिक ,स्वास्थ्य , सिचाई ,प्राविधिक ,आपदा प्रबन्ध जस्ता कार्य प्राथमिक्ताका साथ गर्नु पर्ने भएपनि यस क्षेत्रका प्रदेश सभा सदस्यले प्रदेश सरकारको योजना लिएर आफ्नो निर्माण कम्पनीको नाममा ठेक्का पट्टाको काम काम मात्र गरेको स्थानिय स्तरमा गुनासो छ । राजनिती पृष्ठभूमि भन्दा पनि ठेकेदार व्यक्तिले २०७४ को चुनावमा मधेश आन्दोलनको रापतापको फाईदा उठाउदै जिते तर पछिल्लो पाँच वर्षमा उनले गरेका काम प्रति जनताको चरम असंतुष्टी छ ।

निर्वाचन जितेपछि सिहासन कलवार गाउँ गाउंमा आफ्ना एजेण्टहरू बाहेक आमजनाको वास्ता नगरेकोले उनि प्रति मतदातामा निरासा छ । सिहांसन कलवारलाई गुप्ताले नै पराजित गर्न सकने भएकोले उनी जनसमर्थन पाईरहेका छन । क्षेत्र अन्तर्गतको छिपहरमाई,कालिकामाई ,धोबिनी गाउपालिका तथा पोखरिया नगरपालिकाको वडा नम्बर ३ बसन्तपुर र पकहा मैनपुर गाउपालिकाको ५ सबैठवा गरि १७ वटै वडामा गुप्ता प्रतिको सहानुभूतिले स्वतन्त्र उम्मेद्वार कै लहर प्रष्ट देखिन्छ।

सम्बन्धित समाचार