अन्ततः दुई सय मिटर दौडमा शिवराज र निशालाई स्वर्ण हेर्नुस्

काठमाडौँ,३ कार्तिक । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स दुई सय मिटर दौडमा सशस्त्र प्रहरी बल (एपिएफ)का शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरीले स्वर्ण पदक जितेका छन् ।

 

पोखरा रङ्गशालामा आज सम्पन्न दौडमा पुरुषतर्फ शिवराजले निर्धारित दूरी २१ दशमलव ९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपिएफकै आशिष चौधरीले २२ दशमलव ०५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक हात पारे भने त्रिभुवन आर्मी क्लबका युवराज विकले २२ दशमलव ५० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

 

महिलातर्फ लुम्बिनीकी निशाले २५दशमलव२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जिते । एपिएफकी रमिताकुमारी थारूले २५ दशमलव ९५ सेकेन्डमा पूरा गर्दै रजत र पुलिसकी लक्ष्मी साउदले २६ दशमलव ५२ सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते ।

 

पाँच हजार मिटर दौडमा एपीएफका गोपीचन्द्रलाई स्वर्ण

 

त्यस्तै एथलेटिक्सअन्तर्गत पाँच हजार मिटर दौडमा एपिएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । दौडमा निर्धारित दूरी १४ मिनेट २९दशमलव६७ सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण पदक हात पारेका हुन् ।

 

यसअघि १० हजार मिटर दौडमा गोपीचन्द्रले रजत पदक जितेका थिए । कर्णालीका दुर्गाबहादुर बुढाले १४ मिनेट २९ दशमलव ९३ सेकेन्डमा निर्धारित दुूरी पूरा गर्दै रजत पदक जिते भने त्रिभुवन आर्मीका मुकेश पालले निर्धारित दूरी १४ मिनेट ३६ दशमलव ६० सेकेन्डमा पूरा गर्दै कांस्य पदक जिते । रासस

सम्बन्धित समाचार