ठाेरीमा रिजालकाे पक्षमा उर्लियाे जनसागर,जनताहरुको लागि आशाको किरण बन्दै रमेश रिजाल 

पर्सा

पर्साको ठोरीमा वाम लोकतान्त्रिक गठबन्धनको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । ठोरीको वडा नम्बर ४ आठघरेमा आयोजित भेलामा नेपाली कांग्रेस र माओवादी केन्द्रका अगुवा नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

भेलामा सहभागिले मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर ४ मा गठबन्धनका साझा उम्मेद्वार प्रतिनिधि सभातर्फ रमेस रिजाल र प्रदेश सभातर्फ शंकर चौधरीलाई मतदान गरि विजयी बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेद्वार रिजालले अहिलेको चुनाव लोकतन्त्र बिरोधी शक्तिलाई परास्त गर्ने चुनाव रहेकोले जनताले सत्ता गठबन्धनलाई जिताउनु जरुरी रहेको बताए । उनले भने, ‘देश संघीयतामा गइसकेको छ, अब भने बिकास निर्माण तर्फ मुलुकलाइ अगाडि बढाउने बेला भएको छ, त्यहीकारण पनि काँग्रेस नेतृत्वको गठबन्धनलाई जिताउन जरुरी छ ।’

रिजालले ठोरीको बिकासको लागि आफ्नो तर्फबाट सदैव प्रयास रहने प्रतिबद्धता पनि ।

भेलामा कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठले प्रतिगमनकारीलाई परास्त गर्न पनि मंसिर ४ को चुनावमा गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउन लागि पर्नुपर्ने बताए ।

भेलामा माओवादी केन्द्रका प्रदेस सदस्यसमेत रहेका ठोरी गाउँपालिकाका पूर्व अध्यक्ष पिएल श्रेष्ठले अधिनायकवाद, सर्वसत्तावाद र प्रतिगमनलाई परास्त गर्न गठबन्धनका उम्मेद्वारलाई मतदान आफूहरु तम्यार रहेको बताए ।

संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि आफूहरु अहिले गठबन्धनका कांग्रेसका उम्मेद्वारलाई मतदान गर्न अग्रसर भएर बसेको बताए ।

आफूहरुले यस अघि हसिया हतौडामा मत हाल्दै आएको भए पनि यस पटक भने यहाँका माओवादी कार्यकर्ताले कुनै पनि कन्जुस्याइ नगरी रुखमा मत हाल्न तम्तयार भएको उनले बताए । यस्तै ठोरी गाउँपालिका वडा नम्बर ४ वा पूर्व वडाध्यक्षसमेत रहेका माओवादी नेता बहीबहादुर पाख्रिनले आफूहरु गठबन्धनका दुबै उम्मेद्वारलाई विजयी बनाउने अभियानमा लागि परेको बताए ।

यस्तै वडा नम्बर १ का माओवादीका वडाध्यक्ष शुसील अधिकारीले कोही पनि नहिच्किचाई यस पटक रुख चिन्हमा मतदान गर्न माओवादी साथिहरु तयार रहेको बताए ।

उनले पालिकाको वडा नम्बर १ विकास निर्माणमा पछि परेकाले त्यसलाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गर्न आग्रह गरे । ‘वडा नम्बर २ सम्म कालो पत्रे सडक सञ्जाल हुँदा आउजाउमा सहज छ, तर वडा नम्बर १ को ढेडु खोलामा पुल नहुँदा वर्षायाममा आउजाउमा निकै कठीनाई छ,’ उनले भने, ‘पुल बनाउने प्रतिबद्धता हामी चाहन्छौँ, रोकिएको हुलाकी सडक पूर्णताको प्रतिबद्धता चाहन्छौँ ।

भेलामा ठोरीका पाँचै वडाका माओवादी र कांग्रेसका नेता कार्र्यकर्ताको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार