सुशासन पार्टीका युवा उम्मेदवार शिव कुमार साह प्रति मतदाताको समर्थन बढ्दै

 

पर्सा

पर्सा क्षेत्र नम्बर ३ को (क) को प्रदेशसभा सदस्यमा नेपाल सुशासन पार्टीबाट चुनावी मैदानमा उत्रिएका युवा नेता शिव कुमार साहको समर्थनमा युवाहरु आफै चुनाव प्रचार प्रसारमा जुटेका छन्

राजनीतिमा अब युवाहरुको हस्तक्षेपकारी भूमीका आवश्यक भइसकेको भन्दै त्यस क्षेत्रका युवाहरुले साहको पक्षमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्र पारेका छन् । चुनावी घरदैलो कार्यक्रमका क्रममा गाँउ गाँउमा साह पुग्दा युवाहरु स्वस्फूर्त रुपमा भेला भएर मतदाताको घर घरमा पुगेर साहको पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन् ।

युवाले नै देशको बिडो थाम्न सक्ने र देशलाई नयाँ दिशामा लैजान सक्ने भएकाले युवा उम्मेदवार साहलाई नै जिताउनु पर्ने उनको समर्थनमा लागेका युवाहरुको भनाइ छ ।

यसैक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार साहले बिहीबार पटेर्वा सुगौली गाउँपालिका वडा नंबर ४ मा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रमका क्रममा युवासंगै आम मतदाताहरुबाट पाइरहेको समर्थनले आफु अझ उत्साहित बनेको उम्मेदवार साहले सन्चारकर्मीलाइ प्रतिक्रिया दिए । उनले भने ,‘ अब पुराना नेताको काम छैन , जनताको चाहना अब युवा नै आओस् भन्ने छ ।

त्यहि कारण आफुलाई जसपाले टिकटबाट बन्चित गरेपछि सुशासनको एजेन्डा लिएर हिडेको सुशासन पार्टीलाइ रोजेको र उसले आफुहरु जस्ता युवाहरुको क्षमतालाई पहिचान गरेर उम्मेदवार बनाएको साहले बताए ।

 

सम्बन्धित समाचार