महाराजगञ्ज मतदान केन्द्रबाट मतदान गरेपछि करिश्माले भनिन् : अब कलाकारहरु पनि राजनीतिमा आउनुपर्छ!

 

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका-३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् ।

 

 

उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् । मतदानपछि  करिश्माले भनिन् अब नेपाली कलाकारहरुले पनि सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् ।

 

कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ । रेखा थापालगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्छ,’ उनले भनिन् ।

 

नेकपा एमालेमा आबद्ध रहेकी करिश्माले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरिन् ।

 

सम्बन्धित समाचार