मेरा लागि फुलमाला, अबिर खदा हैन, भ्रस्टाचारीका सुचना अनि मैले गर्नु पर्ने काम लेखेर ल्याउनुहोला: रबि लामिछाने

 

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ६४१६२ मतले बिजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

 

 

त्यस्तै उनले ४९ हजार २६१ मत ल्याउदा नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५०९९ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४६४९ मत प्राप्त गरेका छन् ।चितवन क्षेत्र न.२ बाट नवनिर्वाचित सान्सद रवि लामिछानेले कहिँ कतै बाटो बिराए खबरदारी गर्न आग्रह गरेका छन् ।

 

 

आफ्ना प्रतिस्पर्धी कृष्णभक्त पोखरेल सङग कुरा गर्दै आफू बाटो नबिराउने प्रतिबद्धता व्यक्त गरेका हुन् । मैले कहिँ कतै बाटो बिराएभने मलाइ खबरदारी गर्नुहोला, म तपाईहरुकै मार्गनिर्देशन अनुसार चल्नेछु, रविले भने ।

 

 

सामाजिक संजाल मार्फत रविले आफुलाई फूलमाला अबिर भन्दा पनि भ्रष्टाचारीको सूचना लेखेर ल्याउन अनुरोध गरेका छन् । उनले भनेका छन् -एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु।

 

 

मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला।अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ।

 

 

त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।

 

 

उनले बिजय र्याली नगर्ने र बिभिन्न स्थानमा धन्यवाद सभा गर्ने समेत बताएका छन् ।यस्तो छ रविको अनुरोध -राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो।

 

 

म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।

 

म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा “धन्यवाद सभा” गर्दैछु ।

 

 

एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला।म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा “समस्या पेटिका” लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला।

 

 

अर्को बाकसमा “उजुरी, समस्या, सुझाव पेटिका” लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ।

 

 

केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ। म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।।।

https://youtu.be/b5w-fn_2ZCw

 

सम्बन्धित समाचार