थापाथली झडपपछि महानगर कार्यालय घेराउ गर्दै सुकुम्बासी

 

काठमाडौं – काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी महानगरपालिकाको कार्यालयअगाडि भेला हुँदै छन् ।

उनीहरूले काठमाडौं महानगरको कार्यालयअगाडि धर्ना दिन लागेका हुन् । सोमबार सो बस्ती हटाउने क्रममा झडप भएको थियो ।

बस्ती खाली गराउन नदिने भन्दै उनीहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार सुकुम्बासी अहिले महानगरको गेटमा भेला हुन थालिसकेका छन् ।

 

“महानगर कार्यालय गेटमा भेला हुन थालिसके । मेयर साबले केही गर्नुहोला । अहिलेसम्म केही टुंगो लागेको छैन । दिनभरि के हुन्छ हेरौँ,” एसपी पाण्डेले भने ।

सोमबार डोजरसहित उक्त सकुम्बासी बस्तीमा पसेको नगर प्रहरी टोलीमाथि ढुंगामुढा गरिएको थियो । त्यसक्रममा ३६ नगर प्रहरी घाइते भएका बताइएको छ ।

https://youtu.be/b5w-fn_2ZCw

 

सम्बन्धित समाचार