निराकार पाण्डेका बुवालाई प्रधानमन्त्रीले भेटेर गरे सहयोगको प्रतिबद्धता

 

https://youtu.be/b5w-fn_2ZCw

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् ।

 

 

गएको बिहीबार भएको आगालागीमा निकारको मृत्यु भएको थियो । उनका बुबालाई प्रधानमन्त्रीले बिहीबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेट गरेका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरे । प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

 

 

भेटमा पाण्डेले अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद दिएका थिए ।

 

 

 

सम्बन्धित समाचार