नेपाली गित सङ्गीतको आकाशमा हरेक दिनजसो नयाँ-नयाँ सिर्जनाहरु प्रस्तुत भइ रहेका हुन्छन,कुनै सिर्जना छमछम नचाउने खाले हुन्छन त कुनै सिर्जनाहरु हेर्दा हेर्दै,सुन्दा सुन्दै आखा रसाउने खाले हुन्छ्न हो यहि आखा रसाउने खाले एउटा सिर्जना “हा बरी लै” यतिबेला साङ्गीतिक बजारमा सार्बजनिक भएको छ।
गायक तथा सर्जक प्रसान्त परियारले शब्द सङ्गीत भरेको गितमा प्रसान्त आफैले आवाज पनि भरेका छन । नेपाली लोक सङ्गीतमा सर्बाधिक ब्यस्त गायिका शान्तिश्री परियारले महिला आवाजमा साथ दिएको गितमा सागर बिरहिले उत्कृष्ट सङ्गीत समायोजन गरेका छन ।
मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा सुमन रानाले रेकर्ड गरेको गित कुमार रानाले मिक्सिङ गरेका हुन । Prashant pariyar official नामक युटुब च्यानल मार्फत बजारमा आएको गितको निर्देशन बिनोद सुन्दासले गरेका छन ।
सबि सुन्दासले लेख्नु भएको कथामा निर्देशक सुन्दासले रिना गुरुङ,भरत बिश्वकर्मा र राजन मोक्तानलाई निखारेर अभिनय गराएको देख्न सकिने भिडियो प्रकाश खड्काले खिचेका हुन।
अमृत चापागाईंले सम्पादन गरेको भिडियोमा अन्तरजातीय माया प्रेमलाई समाजले सहज रुपमा स्वीकार नगरेको र जातिय विभेद अझै हट्न नसकेको भन्ने सन्देश मुलक बिषयबस्तु समाबेश गरेको देख्न सकिन्छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस,
प्रतिक्रिया दिनुहोस्