नेपाल प्रवासी तामाङ समाज कतारले शुक्रबारको लागी तय गरेको सोनाम ल्होछार बिशेष कार्यक्रम नहुने….

दोहा,कतार – नेपाल प्रवासी तामाङ समाज कतारले सोनाम ल्होछारको अबसर पारेर २७ जनवरी २०२३ शुक्रबारको लागि तय गरिएको कार्यक्रम स्थगित भएको छ।

बुधबार साझ बसेको ल्होछार मुल समारोह समितिको विशेष बैठकले तत्काल कार्यक्रम नगर्ने तर सोही कार्यक्रम फेब्रुअरी १७ तरिका शुक्रवार अबुहमर स्थित आइडल इन्डियन स्कुलको प्राङ्गणमा गर्ने निर्णय गरेको समारोह समितिका एक अधिकारीले जनता खबरलाई जानकारी दिनुभएको छ।

तोकिएको मितिमा कार्यक्रम गर्न नसकेको र नेपालबाट कार्यक्रमको लागि आउने भनिएका कलाकारहरु भिषाको कारण आउन नपाएको जानाकारी गराउदै आमन्त्रित सम्पुर्ण प्रति क्षेमा माग्दै समारोह समितिले विज्ञप्ति जारी गरेको छ।

                             प्रेस विज्ञप्ति

उपरोक्त सम्बन्धमा नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा सन २०२३ जनवरी २७ शुक्रबार हुदै गरेको राष्ट्रिय  पर्व  तामाङ्हरुको महान चाड मञ्जुश्री सम्वत २८५९ सोनाम ल्होछार ह्योयी ल्हो (बिरालो/तवार) बर्गको शुभ अवसरमा शुभकामना आदान-प्रदान तथा सांस्कृतिक महोत्सव – २०२३ अबुहमर स्थित आइडल इन्डियन स्कुलको प्राङ्गणमा गर्ने भनिएता पनि प्रविधिक करण तथा आमन्त्रित  अतिथि कलाकारहरुको भ्रमण अनुमति प्राप्त नभएको हुनले यो विषम परिस्थितिलाई मध्य नजर गरि मिति २०२३ जनवरी २५ तरिकको ल्होछार मुल समारोह समितिको विशेष बैठकबाट सन २०२३ फेब्रुअरी १७ तरिका शुक्रवार दिनमा सोहि स्थानमा ल्होछार कार्यक्रम गरिने जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सुचित गर्दछौं ।

यसबाट हुन गएको असुविधाको लागि दोहा कतारमा स्थापित संघ संस्था र कार्यरत तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनीहरुमा मन्जुश्री सम्वत २८५९ सोनाम ल्होछार मुल समारोह समिति क्षमा याचना गर्दछौं ।

सम्बन्धित समाचार