पोखरामा आगोमा जलेकालाई बचाऊन जादा घाइते भएकी संगीताको मृ^त्यु

पोखरामा आगोमा जलेकालाई बचाऊन जादा घाइते भएकी संगीताको मृ^त्यु

पोखरा : पोखरा महानगरपालिका वडा नम्बर १३ काहुँखोलामा आइतबार आत्मदाहको प्रयास भएको थियो ।आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिला संगीता सापकोटाको मृत्यु भएको छ।

 

 

काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृ^त्यु भएको हो । आगोमा जल्दै गरेका काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई स्थानीयले अस्पताल लगेका थिए ।

 

प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा करिब बिहानको ११ बजे मृत्यु भएको पुष्टि गरेका छन् ।

 

सापकोटाको घरमा स्टेशनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी स्वंय सख्त घाइते भएकी थिइन् ।

 

दुवै जनालाई छिमेकीले उद्धार गरी अस्पताल पुर्‍याएका हुन् । अस्पतालमा उपचार गराइरहेका कृष्णबहादुरको हात, खुट्टा र अनुहार जलेको छ । उनको अवस्था हालसम्म सामान्य रहेको चिकित्सकले बताएका छन् ।

 

उनले आत्मदाहको प्रयास गर्नुको कारण भने हालसम्म खुलेको छैन । कृष्णबहादुरले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको र जोगाउन जाँदा सापकोटासमेत घाइते भएको प्रत्यक्षदर्शीले बताएका थिए ।

 

सम्बन्धित समाचार