कतारमा खुल्यो “सुइधागा टेलरिङ्ग” ब्यबसायीक बने बिजय गौतम….

दोहा कतार, कतारमा व्यावसायिक हिसाबले अत्यन्तै राम्रो मानिने र अधिकाङ्शको रोजाइमा पर्ने फिलिपिनी सुकमा नेपाली ब्यबसायी बिजय गौतमले “सुइधागा टेलरिङ्ग एण्ड टेक्स्टाइल्स” नामक टेलर्स हिजोदेखी औपचारिक रुपमा सन्चालनमा ल्याएका छन ।

नेपाल ब्यबसायी संघ कतारका महासचिव रमेश भट्टको प्रमुख आतिथ्यतामा एन.आर.एन.ए एन.सीसी (NRNA NCC) का सास्कृतिक संयोजक सामुयल सुनुवारको बिशेश अथिती र नानू घले, दिपजङ्ग शाहा, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिबराम ढकाल ,प्रकाश बिश्वकर्मा लगायतका अथितीहरु ,ब्यबसायीहरु ,कलाकार ,पत्रकार साथै विभिन्न संघ सस्थाका प्रखुम तथा प्रतिनिधि ज्युहरुको साथमा करिब २ सय महानुभाबहरुको उपस्थितिमा बिधिवत रुपमा रिवन तथा केक काटेर समुद्घाट्न गरिएको टेलर्स दोहामा रहेका नेपालीहरुले खोजी गर्ने विभिन्न नेपाली पोसाकहरु सहज रुपमा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यको साथ संचालन गरिएको हो ।

गौतमका अनुसार नेपालीहरुलाई आवस्यक पर्ने सम्पुर्ण कपडाहरु कोट पाइन्ट ,दौरा सुरुवाल ,ढाका टोपी ,ढाकाको दौरा, भादगाउँले कालो टोपि, कुनैपनी कार्यक्रमहरुको लागि आवस्यक पर्ने अर्थात चाहिने खादा, ब्याज, कम्पनीहरुको युनिफर्म र विभिन्न जातजातिहरुले लगाउने पोसाकहरु पनि सुपथ मुल्यमा ग्राहकहरुकै डिजाइन अनुसार सिलाउन सकिने छ, साथै त्यस्को लागि आवश्यक पर्ने सम्पुर्ण मेटेरियलहरु पनि उपलब्ध छ ।

नेपालमा स्याङ्जा जिल्लाको साबिक बिर्घा -५ गौतम टोलमा जन्मेर हाल कालीगण्डकी गाउँपालिका -४ गहलाममा बसोबास गर्ने गौतम नेपाली श्रमिक बनेर २०१२ अगस्टमा कतार आएका थिए ।

लामो समय श्रमिक भएर काम गर्दाको अनुभवलाई ब्यबसायिक बनाउन लागेका गौतमले कार्यक्रममा सहभागीहरु सङ्ग खुशी साटिरहदा बिगत सम्झिदै केही भाबुक पनि भएका थिए ।

परदेशी भुमिमा केही गर्छु भनेर हिम्मतका साथ आफ्नै ब्यबसाय सुरु गरेका उनले उद्घाटन गरिएको दिन अर्थात ११ फेब्रुअरी देखी १८ फेब्रुअरी शनिबारसम्म आउने ग्राहकलाई जुनसुकै कपडा सिलाए पनि ३० प्रतिशत छुट र त्यस पछि आउने ग्राहकहरुलाई सधैं १० प्रतिशत छुट दिने पनि जनता खबरलाई जानकारी गराएका छन ।

साथै कार्यक्रम सफल बनाउन समयमै उपस्थित भएर सहयोग गरिदिएकोमा र आगामी दिनहरुमा अझै अघि बढ्न यस्तै साथ सपोर्ट अनि हौसला दिनुहुनेछ भन्दै उपस्थिति भएका सबैप्रती आभार व्यक्त पनि गरेका छन ।

 

 

 

 

 

सम्बन्धित समाचार