“प्रगतिशील साँस्कृतिक साँझ” कार्यक्रमको लागि गायक बिष्णु खत्री भोलि कतार आउदै…

दोहा कतार, नेपाली जनप्रगतिशिल मञ्च रास्ट्रीय समिती कतारले आयोजना गर्न लागेको “प्रगतिशील साँस्कृतिक साँझ `२०२३´ कार्यक्रमको लागि रास्ट्रिय ख्याती प्राप्त गायक सङ्गीतकार तथा गीतकार बिष्णु खत्री भोलि कतार आउने भएका छ्न ।

खत्री यहि फेब्रुअरी १४ तारिक मङ्गलवार अर्थात कतारको खेलकुद दिवस (sport Day) को दिन अल अत्तिया स्थित फुलवारी रेस्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुतिको लागि आउन लागेका हुन ।

कतारमा स्थापित सम्पूर्ण बैचारिक संघ संगठन, सामाजिक संस्था, सामाजिक क्षेत्रका सामाजिक अभियन्ताहरु, महिला समाज, बुद्धिजीवीहरु, कलाकारहरु, पत्रकारहरु सबैलाई पत्राचार गरिसकेको र कतार लाई कर्मथलो बनाई बसोबास गर्दै आएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई पनि उपस्थित भइ कार्यक्रम सभ्य-भब्य रूपमा सफल बनाइदिनु हुन मञ्चका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले अनुरोध गर्नुभएको छ ।

दिउँसो ३ बजेदेखि औपचारिक रुपमा सुचारु हुने कार्यक्रममा गायक खत्रीको केही उत्कृष्ट साङ्गीतिक प्रस्तुतिहरु सङ्गै स्थानीय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुतिहरु पनि रहने अध्यक्ष भन्डारीले जनता खबरलाई जानकारी गराउनु भएको छ ।

नेपाली साङ्गीतिक क्षेत्रमा अब्बल मानिने खत्रीले विसङ्गती, गरिबी, उत्पीडन, अभाव र छुवाछुत जस्ता सामाजिक बिषयबस्तुहरु गितसङ्गीत मार्फत उठाउदै आएका छन भने भरिया दाइ, अन्तरजातीय विवाह, कि सास चाहियो, कि लास चाहियो, जम्मु कश्मिरमा, र हालसालै बजारमा आएको गल्कोटमा बग्यो दरम, जाने बुझेकी, केशमा फुर्के रिवन लगायत दर्जनौं चर्चित गितहरु सिर्जना गरिसकेका छन ।

२००७ सालमा स्थापना भएको मञ्चले प्रवासी नेपालीहरुको हकहित र नेपालमा परि आएका बिभिन्न प्राकृति बिपत्तिको बेला सामाजिक तथा आर्थिक रुपमा सहयोग गर्दै आएको छ ।

 

 

सम्बन्धित समाचार