अब कतारबाट पनि अनलाइन मार्फत पुन:श्रम स्वीकृत लिन सकिने……

 

दोहा कतार / नेपाल सरकारको प्रधानमन्त्री स्तरको निर्णय बमोजिम गन्तव्य मुलुक अथवा रोजगारीको सिलसिलामा रहेका नेपालीहरुले कुटनैतिक नियोग(नेपाल एम बि सी) बाट पुन: श्रम स्वीकृत लिन सकिने घोषणा गरेको छ ।

सोही निर्णय अनुसार अब कतार स्थित नेपाली दूतावासबाट पनि आगामी अप्रिल २५ तारिख देखि सेवा सुचारु हुन लागेको हो,दूतावासले जानकारी गराए अनुसार तत्कालको लागी एक दिनमा बढीमा ५० जनाले यो सुबिधा पाउने छन ।

सेवाग्राहीले पुन: श्रम स्वीकृतिको लागि पासपोर्ट, कतारी आइडी कार्ड, करार सम्झौता पत्र, पुरानो श्रम स्वीकृती, कतार आएको मिति प्रष्ट बुझिने गरि अपलोड गर्नुपर्ने भएकोले सोही बमोजिम तयार गरि देहायको प्रक्रिया अपनाएर अनलाइन आबेदन दिनको लागी पनि दूतावासले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

१. पुन:श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगार विभागको वेबसाइट  https://feims.dofe.gov.np/ मा गई वैदेशिक रोजगारीमा गएका वा जान चाहने व्यक्तिका लागि मात्र भन्ने Login मा Click गर्नुहोस् तत्पश्चात तपाईले आफ्नो पासपोर्ट नम्बर र पासवर्ड प्रयोग गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) मा प्रवेश गर्नुहुनेछ र श्रम स्वीकृतिका लागि आवेदनमा Click गरी प्रक्रिया अगाडि बढाई आवेदन दिन सक्नुहुनेछ ।

यसरी आवेदन दिँदा नयाँ पासपोर्ट लिनुभएको भए सोही पासपोर्टको आधारमा प्रक्रिया अगाडि बढाउनु पर्नेछ। पासवर्ड बिर्सनु भएको अवस्थामा [email protected] मा इमेल गरी आफ्नो पासपोर्ट नम्बर सहित रिसेटका लागि अनुरोध गरेर पासवर्ड रिसेट भएको जानकारी तपाईले आफ्नो ईमेलमा नै प्राप्त गर्नुहुनेछ ।

२. वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (FEIMS) मा तपाईंको पहुँच स्थापना भइसकेपछि सम्पूर्ण विवरण ताजकिकरण (Update) एवं माग भए बमोजिमको कागजपत्र प्रविष्ट गरी अन्तिममा श्रम स्वीकृतिका लागि आवेदन ठाँउ दोहा कतार छनौट गरी आवेदन दिनुहोस् ।

३. श्रम स्वीकृतिका लागि तिर्नु पर्ने कल्याणकारी कोप, जीवन बीमा र सामाजिक सुरक्षा कोष (SSF) को रकम सोझै सम्बन्धित व्यक्तिले विद्युतीय भुक्तानी प्रणाली (जस्तै: Connect IPS / eSewa/Khalti बाट) मार्फत तिर्नुपर्नेछ ।

४. तपाईंले अनलाईन आवेदन कसरी दिने भन्ने विषयको जानकारी YouTube मा गई त्यहाँ उपलब्ध भएको आधिकारिक Tutorial Video बाट पनि जानकारी लिन सक्नुहुनेछ ।

(नोट: पुनः श्रम स्वीकृति सम्बन्धी कार्यका लागि राजदूतावासमा उपस्थिति हुन नपर्नेसमेत सबैमा सुचित गरिन्छ ।

सम्पर्कको लागि नेपाली राजदूतावास कतार

Phone: +974-44675681/83

Fax: 197444675680

Po. Box No. 23002 [Doha Qatar]

Website: www.qa.nepalembassy.gov.np

E-mail: [email protected]

सम्बन्धित समाचार