अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारले अनाथ तथा अशक्त बालबालिकाहरुको लागि सास्कृतिक कार्यक्रम गर्दै …

 

दोहा कतार / अन्तर्राष्ट्रिय रोल्पाली  सेवा समाज कतारले यहि आउँदो बैशाख ९ गते अर्थात २२ अप्रिल २०२३ शनिबार सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

नेपालीहरुको नयाँ वर्ष २०८० सालको पावन अवसर तथा इद अल फित्रको उपलक्ष्यमा अनाथ तथा अशक्त बालबालिका हरुको सहयोगार्थ  बृहत सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको हो ,संस्थाले इद अल फित्रको दोस्रो दिन सनैया स्थित फूलबारी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने संस्थाका अध्यक्ष दिपेन्द्र डाँगीले जनता खबरलाई जानकारी गराएका छन।

कार्यक्रममा रोल्पाली  तथा गैर रोल्पाली दाजुभाइ दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति हुने बिश्वास गरिएको छ भने आयोजकले कतारमा कार्यरत सम्पुर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाई दिनु हुन अनुरोध गरेको छ।

संस्था स्थापना कालदेखि नै नेपालीहरुलाई पर्ने हरेक समस्यामा हातेमालो गर्दै आएको यो संस्थाले  दर्जनभन्दा बढि देशहरुमा आफ्नो शाखा बिस्तार गरि विविध सामाजिक कार्यहरु गर्दै आएको छ।

 

 

सम्बन्धित समाचार