रामेछाप सेवा समाज कतारको छैटौं अधिबेशन आउने शुक्रबार हुने पक्का….

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार / रामेछाप सेवा समाज कतारको छैटौं अधिबेशन यहि आउने शुक्रबार अर्थात २८ अप्रिल २०२३ मा हुने पक्का भएको छ ।

सस्थाको गत १४ अप्रिलमा बसेको अन्तिम बैठकले कार्यक्रमको  मिति तय गरेसङ्गै कतारमा स्थापित सम्पुर्ण संघसस्थाको अध्यक्ष तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका सस्थापक तथा प्रतिनिधिहरु, सामाजिक ब्याक्तित्वहरु, बुद्धिजीवी, अभियान्ता, कलाकार साथै पत्रकारहरु सबैलाई पत्राचार गरिसकेको छ भने कुनै कारण बस कोहि छुट्नु भएको छ भने पनि यसैलाई आधार मानी कार्यक्रममा उपस्थित भइदिनु हुन पनि आयोजक तथा सस्थाको महासचिव एन बि घिसिङले सबैलाई अनुरोध गर्नुभएको छ ।

कार्यक्रम यसियन टाउन स्थित प्लाजा मल भित्रको ह्वाइट हाउस रेस्टुरेन्टको सभाहलमा बिहान ठिक १०:०० बजेदेखी सुरु हुनेछ भने कार्यक्रम अबधिभर दोहामा अग्र पङ्तिमा रहेका कलाकारहरुको उत्कृष्ट सास्कृतिक प्रस्तुतिहरु हेर्न पाइने छ ।

देश बिदेशमा भइपरि आउने आपत बिपत्तमा अग्रणी भुमिकामा रहेर काम गर्दै आइरहेको सस्था दोहामा स्थापित सस्थाहरु मध्यको एक पुरानो सस्था हो ।

nepalijanatakhabar

समबन्धित समाचार