शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन मेरो पहिलो प्राथमिकता :गापा अध्यक्ष चौहानद्वारा जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन

 

राजन कुमार बानिया

पर्सा

पर्साको धोबिनी गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले आफ्नो गाउँपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले प्रहिलो प्राथमिकता मा राखि सहयोग गर्ने बताएका छन।

धोबिनी गाउँपालिका वडा नं ४ स्वास्थ्य चौकी लंगडी मा अाज एक कार्यक्रम का बिच प्रमुख अतिथी रहनु भएका गापा अध्यक्ष मदन प्रसाद चौहान ले जनस्वास्थ्य प्रयोगशालाको उद्घघाटन गर्दै भनेका छन। गापा अध्यक्ष चौहान ले भने स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन । अध्यक्ष चौहानले स्वास्थ्य प्रयोगशाला सन्चालनमा आएपछि नागरिकको उपचारमा पहुँच स्थापित गर्न सहज हुने बताए ।

गाउँपालिकाको बासिन्दा हरु ले अब वीरगन्ज र पोखरिया सरहकाे उपचार सेवा गाउँमै लिन सक्ने उनले बताए । जनस्वास्थ्य प्रयोगशाला संचालन मा अाएपछी बल्ड का सुगर, टाईफाईट,ल्याब टेस्ट को साथै अल्ट्रासाउन्ड लगायत ५४ किसिम का चेकजाच हुने बताए ।

कार्यक्रममा गाउँपालिकाको स्वास्थय शाखा प्रमुख संजय यादव, स्वास्थ्य शाखा सहायक प्रमुख मन्नु पटेल,स्वास्थ्य चौकी लंगडी का नथुनी यादव, ल्याब असिस्टेन्ट भुलेन्द्र यादव, संजय पटेल , रिना पास्वान, लगायतकाे सहभागिता रहेको थियो।

सम्बन्धित समाचार