रामेछाप सेवा समाज कतारको छैटौं अधिबेशन सम्पन्न नेतृत्वमा एन बि घिसिङ निर्विरोध….

 

दोहा कतार / रामेछाप सेवा समाज कतारको छैठौं अधिवेशन सम्पन्न भएको छ । बिधिवत राष्ट्रिय गान दिप प्रज्वलन र स्वागत नृत्य सहित औपचारिक रुपमा सुरु भएको अधिबेशन कार्यक्रमबाट संस्थाका महासचिव नर घिसिङ तमाङ अर्थात (एन बि घिसिङ) निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन ।

त्यसैगरि नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्ष रविन कार्की, द्वितीय उपाध्यक्ष सुकदेव खड्का, महिला उपाध्यक्ष रेणुका लामा, महासचिव आशिष तामाङ, सचीव कविता खत्री, कोषाध्यक्ष शुभराज सुनुवार, सह – कोषाध्यक्ष जित बहादुर खत्री र सदस्यहरुमा क्रमश : प्रकाश दर्नाल, उग्रेन लामा ,मोहन मोक्तान, मैना तामाङ, सुधिना तामङ, सोनाम शेर्पा, राजु मगर, राजन कुमार नेपाली र लेमे शेर्पा निर्वाचित भएका छ्न ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सामाजिक व्याक्तित्व सागर नेपालले रामेछाप सेवा समाज कतारले स्थापना काल देखीनै कतारमा रहेका नेपाली हरुको हक,हित तथा उत्थान गरेको बताए, समाज अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गर्दै  समाजले गरेका विभिन्न सामाजिक,आर्थिक, नैतिक कार्य उदाहरणीय रहेको बताए ।

मन्तव्यको क्रममा नेपालले दोहाको नेपाली समाज त्यो बर्गमा थियो, यहाँ कुनै दिदिबहिनी देख्दा १० मिटर टाढाबाट सिर झुकाएर बाटो दिने गर्थेउ । आज हामी यो अवस्थामा छौँ दोहाको धेरैजसो ठाउँहरुमा जाँदा नेपाली चेलीबेटी बाहेक अरु चेलीबेटी नै छैन जस्तो गर्छौ ।

“कार्यक्रमको बेला एक्कैछिन मञ्चमा बस्ने,ठुला ठुला भाषण गर्ने, खादा – माला लाउने अनि कुनै दिदि-बहिनीलाई फसाएर अराजक गतिविधि गर्ने कार्य तीब्ररुपमा बढिरहेको बताउदै उनले केही युवाहरुप्रती इङ्गित गर्दै मुस्किलले कमाएको पैसा अर्काकी श्रीमतिलाई किन खर्च गर्ने र पठाउने ? भन्दै प्रश्न समेत गरेका थिए ।

दोहामा स्थापित विभिन्न  बैचारिक सङ्गठन, सामाजिक व्यक्तित्व, जिल्लागत संघ- संस्था लगायत विभिन्न तह तप्काका पदाधीकारीहरुको कार्यक्रममा बाक्लो उपस्थिति सङ्गै सस्थाको खुलेर प्रशंसा सहितको आ-आफ्नो  शुभकामना मन्तव्य राखेका थिए ।

 

कार्यक्रमको सुरुदेखि नै कार्यक्रमलाई साङ्गितिकमय बनाउनको लागि कतारमा स्थापित कलाकारहरु गुना मगर, कमल सुनुवार, मानसिङ परियार, मनिष लिम्बु, गोबिन गुरुङ,अमृत लिम्बु, सपना वाइबा लगायतका कलाकारहरुले उत्कृष्ट गायन तथा नृत्यहरु पस्केका थिए ।

त्यसैगरी कार्यक्रममा उपस्थित सम्पुर्णलाई सस्थाकी सदस्य कविता खत्रीले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिइन भने संस्था किन स्थापना गरियो र यस्को उदेश्यको बारेमा उद्दप मगरले प्रष्ट पारेका थिए साथै समग्र रामेछाप  जिल्लाको बिशेषता परिचयात्मक हिसाबले बिशेष सल्लाहकार सामुयल सुनुवार (साम) ले बताएका थिए ।

संस्थाको बार्सिक प्रतिबेदन कविता खत्रीले प्रस्तुत गरिन भने आर्थिक प्रतिबेदन शुभराज सुनुवारले प्रस्तुत गर्दै यो कार्यकाल अवधिभर २०,५७५ को आय रहेको र उतिनै रकमको खर्च रहेको पनि जानकारी गराए, समाजले क्यान्सर, मिर्गौला पीडित, कोभिड बाट पिडितहरुलाई सहयोग तथा विभिन्न सामाजिक कार्यहरु गर्न रकम खर्चिएको प्रतिबेदनमा बताएका थिए ।

त्यसगरी सस्थाको प्रमुख सल्लाहकार रामहरि खत्री, बिशेष सल्लाहकार सामुयल सुनुवार (साम) लगायत केहि बिशिस्ट ब्याक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

अन्तमा महासचिव नर घिसिङ तामाङले सहजीकरण गरेको कार्यक्रममा सभापतित्व ललित तामाङले बोल्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यमबाट सहयोग गर्ने तथा आफ्नो कार्यकाल अवधीभर साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नयाँ बन्ने कार्यसमिति उत्कृष्ट, जोसिलो र नेपाली श्रमिकको हितको लागि कार्य गरोस भन्दै कार्यक्रमको समापन गरेका थिए ।

“प्रवासी रामेछापको आवाज, सभ्य समाज निर्माणको प्रयास” भन्ने मुल नाराको साथ सन् २००४ मा दोहामा स्थापना गरिएको संस्थाको छैठौं अधिबेशन ह्वाइट हाउस रेस्टुरेन्ट, प्लाजा मलको सभाहलमा सम्पन्न गरिएको हो ।

 

सम्बन्धित समाचार