किरातिहरुले कतारमा भब्य मनाए शालिवा श्यादर पिदार, साकेला उभौली….

 

दोहा कतार / किरातहरूले आफ्नो महान् राष्ट्रिय चाड शालिवा श्यादर पिदार, साकेला उभौली ५०८३ शुक्रबार भव्यरुपमा मनाएका छन ।

सुनुवार सेवा समाज शाखा कतार र किरात राई यायोक्खा शाखा कतारको साथै किरात मूल समारोह आयोजक समिती दोहा कतारले शालिवा श्यादर पिदार, साकेला उभौलीको अबसरमा सयुक्त रुपमा शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य तथा कार्यक्रमको महत्व बारेमा किरात मुल समारोह आयोजक समिती कतारका उप-सयोजक तथा किरात राई याहोक्खा कतारका अध्यक्ष शंकरमान राईले प्रकाश पारेका थिए । भने किरातिहरुको प्रकृति पुजक विधि रुपमा र मौलिक झाकी सुनुवार सेवा समाज शाखा कतारले श्यादर शिल र किरात राई यायोक्खा शाखा कतारले साकेला प्रस्तुत गरिएको थियो ।

किरात सुनुवार समुदायले सालिवा श्यादर पिदार र किरात राईहरुले साकेला उभौली भन्ने गर्दछ । आदिम कालमा किराती पुर्खाहरुले अन्न बालीको खोज गरि बालि लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो । दुई सिजन मध्ये बैशाख महिनामा गर्मीको समयमा अन्न बालि लगाउने सिजनमा लगाएको बालि सप्रियोस भनेर भूमिको पुजा गर्ने चलन छ जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तुहरु गर्मीको कारण उभो लेक तिर जाने, खोलाको माछाहरु पनि उभो खोलाको सिर तिर चढ्ने भएको हुदा यस लाई उभौली चाडको रुपमा मनाउने प्रचलन रहि आएको छ ।

त्यसैगरी मंसिर महिना अथवा जाडोको सिजनमा अन्न बालि भित्र्याउने समयमा पाकेको बालि आफु खानु अघि पितृहरुलाई चढाउदै पितृको पुजा गर्ने र जुन बेला प्रकृतिका चराचुरुङ्गी, जीवजन्तूहरु पनि जाडोको कारण तल बेसी झर्ने, खोलाको माछाहरु पनि तल झर्ने भएका हुदा त्यो समयलाई उधौली पर्बको रुपमा मान्ने गरिएको किरात बिज्ञहरु बताउछन ।

बैशाख पुर्णिमाको सिजनमा अन्न बालीहरु लगाउने र सिजनमा लगाएको बालिनाली सप्रीयोस भनेर भुमी पुज्दै किरातीहरुले आफ्नो पितृहरुलाई फेदाङ्बा / नछुङ् राखेर पितृ पुजा गर्दै ढोल झ्याम्टा बजाउदै साकेला सिली / धान नाच / श्यादरसिल नाचदै धुम धामका साथ मनाउने गरेको पाइन्छ।

गैर आवासिय नेपाली संघ, बैचारिक , महासंघ कतारमा आवद्ध मातृसंस्थाहरु, प्रदेश ,जिल्ला संस्थाहरु, पत्रकार तथा साहित्यिक सस्था र समाज सेवि, बुद्धिजीवीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि भाइ काजी गुरुङ, गैर आवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा लगायत दर्जनभन्दा बढी वक्ताहरूले प्रवासी भुमी कतारबाट पनि आफ्नो, धर्म सस्कृती परम्परा जोगाउन खेलेको उल्लेखनीय भुमिकाको प्रशङ्सा गर्दै आफ्नो महत्त्वपूर्ण भनाइहरु राखेका थिए ।

कार्यक्रम अबधिभर संस्थाका कलाकारहरुले मौलिक प्रस्तुति र सबै बिधाका नृत्य तथा गायनद्वारा भरपुर मनोरन्जन दिएका थिए, जस अन्तर्गत कलाकारहरु बेग बहादुर सुनुवार, झरना राई, भरत सुनुवार, कमल बिक्रम सुनुवार, पुष्पा थापा, आरजु राई, मिलन रा, बबिता राई, जीवन राई, आसा राई, निरु राई, सबिना राई, अमृत लिम्बू, बनिता राई लगायतका कलाकारहरुको प्रस्तुतिले उपस्थित सबैलाई नचाएका थिए ।

किरातिहरुको सस्कार सस्कृती प्रचलन अनुसार प्रबासी भुजेल समाज कतार र चेलिहरुबाट माईतिलाई राष्ट्रिय चाड उभौलिको शुभकामना सहित कोसेली प्रदान समेत गरिएको थियो।

अन्त्यमा औपचारिक र सांस्कृतिक दुबै कार्यक्रमको समापन किरात मुल समारोह आयोजक समिती दोहा कतारका संयोजक/सभापति नीर बहादुर सुनुवारले उपस्थित सबैलाई र कार्यक्रम सफल बनाउन अहोरात्र खाटिनु हुने सम्पुर्ण साथै कलाकार सबैमा धन्यवाद व्यक्त  गरेको थिए भने कार्यक्रमको सहजीकरण (संचालन) किरात राई यायोक्खा शाखा कतारका कावा महासचिव किरात मुल समारोह आयोजक समितिका दोहा कतारका सदस्य सचीव राजु राइले गरेका थिए ।

 

सम्बन्धित समाचार