नेपाल मगर संघ शाखा कतारको १५ औं राष्ट्रिय अधिबेशन भोलि हुने…

दोहा कतार / नेपाल मगर संघ शाखा कतारको १५ औं राष्ट्रिय अधिबेशन तथा २३ औं वार्षिकोत्सब ३० जुन शुक्रबार अर्थात भोलि हुने भएको छ ।

कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा बिहान ११ बजे देखी सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको र कतारमा स्थापित सबै संघसस्थाहरु, बैचारिक सस्थाको प्रमुख तथा प्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी, कलाकार, पत्रकारहरु सबैलाई पत्राचार गरिसकेको अध्यक्ष विवेक पुलामी मगरले जनता खबरलाई जानकारी गराउदै सबैलाई समयमै उपस्थित भइदिन पनि आग्रह गर्नुभएको छ ।

कार्यक्रममा दोहामा स्थापित कलाकार हरु सङ्गै मगर समुदायको कला सस्कृति र मौलिक नृत्य साथै अन्य विविध साङ्गीतिक प्रस्तुतिहरु हेर्न पाइनेछ ।

सस्था “सम्पूर्ण मगरहरुको एकता आजको आवस्यकता” भन्ने मुल नारा सहित सन: २००० / बि.स: २०५७ मा स्थापना भएको हो ।

 

सम्बन्धित समाचार