गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२५ कार्यकालको लागी द्वितीय उपाध्यक्षमा रामेछापका सामुयल सुनुवार “साम”को उम्मेदवारी घोषणा….

दोहा कतार / गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२५ कार्यकालको लागी द्वितीय उपाध्यक्षमा रामेछापका सामुयल सुनुवार “साम”ले आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन ।

बर्तमान कार्यसमितीमा संघको सास्कृतिक बिभाग प्रमुख भएर नेपालको प्रतिनिधित्व गर्दै नेपाली कला सस्कृतिलाई बिश्वब्यापी रुपमा चिनाउन डटेर आफ्नो कार्यकाल भरिनै विभिन्न दर्जनौं कार्यक्रमहरुमा सक्रिय भुमिका निर्बाह गरि आफुलाई सफल लिडरको रुपमा प्रमाणित गरिसकेका सुनुवारले आगामी कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।

नेपाली मजदुरहरुको हकहितको लागि सधैं अग्र पङ्तिमा उभिने सुनुवार अहिले नेपालमा भएको राजनीतिक अस्थिरता र एनसीसी कतारमा देखिएको चरम बेथिति विरुद्ध पनि बुलन्द आवाज उठाउदै आएका छ्न भने कतारमा स्थापित विभिन्न समन्वय गरि सस्थालाई श्रमिकमैत्री बनाउन पहलकदमी चाली सम्पूर्ण श्रमजिबी बर्गको हकहितको काममा आफुलाई समर्पित गर्ने प्रतिबद्धता जाहेर गर्दै त्यसको लागि सबैसङ्ग सहयोगको अपेक्षा राखेको पनि जनता खबरलाई जानकारी गराएका छन ।

आफ्नो फेसबुक वालमा सामुयल सुनुवारले सहयोगको अपेक्षा सहित यसरी लेखेका छन ।

आदरणीय कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिवहिनीहरु,सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पन्जिकृत पार्षद सदस्य ज्युहरु सामाजिक अभियान्ता पत्रकार मित्रहरूमा सेउ/नामसेवल नमस्कार????
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न हुन लागेको २०२३-२५ कार्यकालको लागि द्वितीय उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहने जानकारी गराउदछु ! 
राष्ट्रिय समन्वय परिषद कतारको २०२१- २०२३ कार्यकालमा सस्कृतिक संयोजकको महत्त्वपूर्ण जिम्मेवारीमा रहि कतारमा रहेको सिङ्गो नेपाली र नेपालको प्रतिनिधित्व गर्दै कला र सस्कृती मार्फत विश्वलाई चिनाउने अबसर प्रदान गरेको गौरव ठानेको छु २०२१-२३ कार्यकालमा मलाई सहयोग गर्नु हुने कला र सस्कृतिक क्षेत्रका सम्पुर्ण कलाकार ज्युहरु दोहामा स्थापित सम्पुर्ण संघ सस्था प्रती धन्यवाद व्यक्त गर्दै मैले हासिल गरेको अनुभवलाई सामाजिक अभियान मार्फत निरन्तर कृयाशिल रहनका लागि मेरो द्वितीय उपाध्यक्ष पदको उम्मेदवारी लाई स्वीकार गरि दिनुहुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु।
कतारमा स्थापित विभिन्न संघ संस्था संग समन्वय गर्दै यस सस्थालाई श्रमिकमैत्री बनाउन पहलकदमी लिन साथै श्रमिक हितमा समाजसेवामा अझ समर्पित रहनका लागि याहहरु सग सहयोगको अपेक्षा गर्दछु।  
सामुयल सुनुवार “साम”
सास्कृतिक संयोजक
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार।

रामेछाप जिल्लाको उमाकुण्डा गाउँ पालिका प्रीती ४ मा जन्मेर  वैदेशिक रोजगारिको शिलसिलामा सन :- २०१४ जुलाई २३ मा कतार प्रवेश गरेका उनी सुनुवार सेवा समाज शाखा कतारको पुर्ब अध्यक्ष, नेपाल आदिबासी जनजाती महासंघ कतारको सल्लाहकार, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको सदस्य (सास्कृतिक संयोजक) रामेछाप सेवा समाज कतार विशेष सल्लाहकार लगायतका संघ संस्थामा आबद्ध छ्न ।

सम्बन्धित समाचार