NRNA-NCC कतारको २०२३-२०२५ कार्यकालको लागि महिला उपाध्यक्षमा नानु घलेको उम्मेदवारी…

दोहा कतार / एनआरएनए एनसीसी (NRNA-NCC) कतारको २०२३-२०२५ कार्यकालको महिला उपाध्यक्ष पदको लागी नानू घलेले आफ्नो उम्मेदवारी रहेको बताएकी छिन ।

आगामी जुलाई २१ तारिख निर्वाचनको मिति तय भए सङ्गै अरु उम्मेदवारहरुले जस्तै घलेले पनि आफ्नो उम्मेदवारी रहेको नेपाली जनता खबरलाई जानकारी गराएकी हुन ।

सन २०१४ देखि कतारलाई कर्मथलो बनाएर श्रम गर्दै गर्दा कामपछी बचेको समयलाई विभिन्न सामाजिक कार्यहरुको निम्ति समर्पित गर्दै आएकी घले एनआरएनए एनसीसीको बर्तमान महिला संयोजक पनि हुन । साथै आफुलाई यहाँसम्म आइपुग्न साथ सहयोग गर्ने सम्पुर्णलाई घलेले धन्यवाद दिदै आफुले श्रम गरेर बचेको समयलाई समाजसेवामा बेथित गर्ने इच्छा व्यक्त गर्दै सबैले आफ्नो भावनाको कदर गरिदिनु हुनेछ भन्नेमा बिस्वस्त रहेको पनि बताइन ।

घले विभिन्न मातृ सस्थाहरु, साङ्गीतिक सस्थाहरु लगायत आपत बिपदमा परेकाहरुलाई साथ सहयोग गरिरहेको र त्यसलाई अझै ससक्त बनाई सस्थागतरुपमै निरन्तरता दिने साथै नेपाली श्रमजीवी बर्ग र विशेष गरी महिला दिदिबहिनीहरुको हक अधिकारलाई सुनिश्चित गर्ने उद्देश्य राखेर आफुले महिलाको उपाध्यक्षको लागि उम्मेदवारी दिएको बाताएकी छिन ।

 

 

 

 

सम्बन्धित समाचार