तनहुँका बिकास भुजेलले पनि गरे एनसीसी कतारको आगामी कार्यकालको लागी युवा संयोजकमा उम्मेदवारी घोषणा…..

दोहा कतार / गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौ महाधिवेशन नजिकिए सङ्गै २०२३-२०२५ कार्यकालको लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरुको भिड लागेको छ । सोही भिडहरु सङ्ग युवा संयोजक पदमा प्रतिस्पर्धा गर्न तनहुँका बिकास भुजेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छ्न ।

बिगत लामो समयदेखि कतारलाई कर्मथलो बनाउदै ब्यबसाय गर्दै आएका भुजेल नेपाली समाजमा सामाजिक ब्याक्तित्वको रुपमा पनि परिचीत छन ।

कतारमा रहदै गर्दा यहाँ स्थापित संघ सस्थाहरुले दिएको विभिन्न भुमिकालाई अनुसरण गरि बिशुद्द सामाजिक उत्तरदायित्व बहन गर्दै आएका भुजेलले आफुलाई माया गर्नेहरू सम्पूर्णको सल्लाह सुझाव र मार्गदर्शनलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशन मार्फत २०२३-२५ को लागी यूवा संयोजकमा उम्मेदवारी दिएको बताएका छन ।

भुजेलले समाजमा गर्दै आएको भुमिका र प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्दै आएका सम्पुर्णको मायाले आफ्नो आकाङ्क्षारुपि यात्रा सफल हुनेमा पुर्ण बिश्वास रहेको बताएका छन ।

भुजेलले आफ्नो फेसबुक वालमा सहयोगको अपिल सहित यस्तो लेखेका छन ।

“प्रवासमा रहि नेपाली समाजले दिएको विभिन्न भुमिकालाई अवलम्बन गर्दै विशुद्ध सामाजिक उत्तरदायीत्व बहन गर्दै आएको यहाँहरूलाई अवगत नै छ । मलाई माया गर्ने यहाँहरू सम्पूर्णको सल्लाह सुझाव र मार्गदर्शनलाई आत्मसाथ गर्दै गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आसन्न दशौं महाधिवेशन मार्फत यूवा संयोजक मा उम्मेदवारी दिने घोषणा गरेको छु । मलाई विश्वास छ यहाँहरूको अथाह साथ र मायाले मेरो आंकाक्षारुपि यात्रा सफल रहने छ । अन्तमा यहाँहरुको भरपुर सहयोगको अपेक्षा सहित हार्दिक अपिल गर्दछु ।”????????????????????
धन्यवाद ????????????????????
बिकास भुजेल ????
उम्मेदवार : यूवा संयोजक????

 

 

 

 

 

सम्बन्धित समाचार