गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२५ कार्यकालको लागि तृतीय उपाध्यक्षमा अजमत अलिको उम्मेदवारी…..

दोहा कतार / गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०२३-२५ कार्यकालको लागि अजमत अलिले तृतीय उपाध्यक्षमा आफ्नो  उम्मेदवारी घोषणा गरेका छन ।

बिगत १९ वर्षदेखि कतारमा श्रम गर्दै आएका अलि विभिन्न संघसस्थामा आबद्ध रहि केही सामाजिक जातीय सस्थाहरुको नेतृत्व गर्दै त्यतिबेला देखिनै हरेक सामाजिक कार्यहरुमा अग्रणी भुमिका निर्बाह गरिरहेका छन, र हाल अलि अन्तर्राष्ट्रिय मुस्लिम समाज कतारको अध्यक्ष,गण्डकी प्रदेश श्रमिक बिभाग संयोजक, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको पदस्त कार्यभार समाली रहेका छन । साथै गण्डकी प्रदेश समन्वय परिषदको उपाध्यक्ष र स्याङ्जा सहयोग समाजको अध्यक्ष सम्म रहेर काम गरिसकेका छन ।

त्यसै अनुरुप आफुले गरेको विभिन्न सामाजिक कार्यहरु र यहाँ स्थापना भएका थुप्रै संघ सस्थाहरुमा उच्च पदिय भुमिकामा रहि काम गरेको अनुभवलाई सस्थागत हिसाबले नै निरंतरता दिनको लागि ” सन्तुलित समाज श्रमिकको पहुँच पारदर्शिता, इमान्दारीता, समावेशीता, उत्तरदायित्व, अनुभव र सक्रियता “ लाई आत्मासाथ गरि काम गर्ने बताउदै यसमा सबैले सहयोग गर्ने बिश्वास राख्दै आगामी कार्यकालको लागि आफुले तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन ।

 

 

सम्बन्धित समाचार