स्याङ्जाका युवा रोशन अर्यालले एनसीसी कतारको २०२३-२५ कार्यकालको लागी सचीव पदमा उम्मेदवारी दिने…..

दोहा कतार / गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको दशौ महाधिवेशन नजिकिदै छ । अधिबेशन नजिक आए सङ्गै आगामी कार्यकालको लागि विभिन्न पदको लागी उम्मेदवारी घोषणाको क्रम बढ्दो छ ।

सोही क्रममा स्याङ्जाका एक होनहार युवा रोशन अर्यालले पनि २०२३-२५ कार्यकालको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन । रोजगारीको सिलसिलामा २००७ देखि कतारमा बस्दै आएका अर्याल त्यतिबेला देखिनै विभिन्न सामाजिक कार्यहरूमा सक्रिय छन भने उनकै सक्रियता तथा संयोजकत्वमा नेपाली भाषा, कला सस्कृती र गित सङ्गीतलाई सम्बर्द्धन र प्रबर्द्धन गर्ने उद्देश्यले काठमाडौ ब्यान्डको स्थापना भएको थियो र अहिले पनि ब्यान्ड मार्फत हुने हरेक साङ्गीतिक कार्यक्रमहरु सामाजिक कार्यकै लागि हुने गरेको छ ।

अर्याल कतारमा स्थापना भएका विभिन्न संघसस्थाहरुमा आबद्ध भइ निरन्तर रुपमा सामाजिक कामहरुमै समर्पित छ्न अझै ती संघ सस्थाहरु सङ्ग गरि यो गरिमामय सस्थालाई श्रमिकमैत्री, सफल र निस्पक्ष बनाउन र श्रमिकको हक हितको लागी आफू डटेर पहल गर्ने प्रष्ट बताएका छ्न ।

म तपाईंको उम्मेदवारको रुपमा तपाईंको अधिकारहरु पुर्ण गर्न, तपाईंको सरोकारहरुलाई सम्बोधन गर्न, श्रमजीवीहरुको ब्याक्तित्व बिकास गर्न र पुर्तिलाई बढवा दिने बाताबरण सिर्जना गर्न प्रतिबद्ध छु भन्दै अर्यालले एउटा सुसस्कृत समाज निर्माणको सबैलाई सहयोग गर्न अपिल पनि गरेका छन ।

रोशन अर्यालले ” श्रममुखी एनसीसी आजको आवश्यकता, यहाँहरुको आवश्यकता परिपुर्ति मेरो प्रतिबद्धता “ भन्ने नारा सहित सचीव पदको लागी उम्मेदवारी दिन लागेका हुन ।

 

 

 

 

सम्बन्धित समाचार