पत्रकार सन्तोष कुँवर (केसी) ले पनि गरे एनसीसी कतारको २०२३-२५ को कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा….

दोहा कतार / गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको दशौ महाधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न पदहरुको लागी उम्मेदवारी दिनेहरूको भिड पनि ह्वात्तै बढेको छ । सोही अनुरुप कतारमा लामो समयदेखि सामुदायिक पत्रकारिता गर्दै आएका युवा पत्रकार सन्तोष कुँवर (केसी) ले एनसीसी कतारको २०२३-२५ कार्यकालको लागी कार्यसमिति सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।

अर्घाखाँचीबाट करिब एक दशक पहिले रोजगारीको सिलसिलामा कतार आएका केसी अर्घाखाँची सेवा समाज कतारको सह-कोषाध्यक्ष, सन्ध्याग्रुप अलखोरको बर्तमान कार्यबाहक अध्यक्ष, एनसीसी कतारको प्रचार बिभाग विभिन्न संघ सस्थाहरुको नेतृत्व तहहरुमा रहेर काम गर्दै आएका छ्न भने पत्रकारितामा पनि उत्तिकै सक्रिय छ्न ।

” सामाजिक सुरक्षा, सहकार्य, पिडितहरुको हकहित र आर्थिक पारदर्शिता, श्रमिक एकता मैत्री एनआरएनए हाम्रो प्रतिबद्धता “ भन्ने नारालाई स्विकार्दै कतारमा स्थापित संघ सस्थाहरुसङ्ग सहकार्य र समन्वय गरि श्रमिकहरुको हकहितको लागि सस्थागत रुपमा मनदेखि काम गर्ने चाहना भएकोले उम्मेदवारी दिन लागेको केसीले बताएका छन ।

 

 

 

सम्बन्धित समाचार