एनसीसी कतारको २०२३-२५ कार्यकालको लागि महासचिवमा धनकुटाका रबिन मगरको उम्मेदवारी घोषणा…

दोहा कतार / गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको आगामी २०२३-२५ कार्यकालको लागि महासचिव पदमा रबिन मगरले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।

यस अघि पनि एनआरएनए एनसीसी कतारको २०१९-२१ मा युवा संयोजकको जिम्मेवारी सम्हाली सकेका मगर २०२१-२३ अर्थात बर्तमान सचीव समेत हुन । रोजगारीको सिलसिलामा लामो समयदेखि कतारमा बस्दै आएका उनी धनकुटा सेवा समाज कतारको वरिष्ठ उपाध्यक्ष, नेपाल मगर संघ कतारको पुर्ब सचीव त बर्तमान सल्लाहकार पनि हुन ।

धनकुटाको पाख्रीबास ५ दियालेमा जन्मेका मगर विभिन्न सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रियता देखाउने उनी संघ सस्था सन्चालन र समन्वयमा बिशेष ध्यान राख्ने ब्यक्तित्व भित्र पर्छन ।

साथै आफुसङ्ग भएको कार्यअनुभव लाई सदुपयोग गर्दै सस्थालाई श्रमिकमैत्री बनाउन पहलकदमी गर्न आगामी कार्यकालको लागि आफुले उम्मेदवारी दिन लागेको बताउदै त्यसको लागी सबैलाई सहयोग गर्न अनुरोध गर्दै मेरो उम्मेदवारी किन भनेर बुँदा गत रुपमा केहि कार्ययोजनाहरु समेत सार्बजनिक गरेका छन ।

यस्तो छ मगरले सार्बजनिक गरेका कार्ययोजना बुँदाहरु :-

  • एनसीसी कतारले गर्ने हरेक क्रियाकलापमा कतारमा स्थापीत सम्पुर्ण संघसंस्था संग समन्वय गरि सामुहिक रुपमा सहकार्य गरेर सम्पन्न गर्न ।
  • नेपाल सरकारले प्रवासमा रहेका मजदुरको हितको लागि हालै शुरु गरेको श्रमीक कल्याणकारी कोषमा अधिकतम सहभागिता गराउन लागि सचेतना अभियान सञ्चालन गर्न।
  • कतार सरकारको विभिन्न निकायहरु संग संस्थागत सम्बन्धलाई थप मजबुत बनाउदै नेपाली श्रमिकहरुको लागि विभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर सञ्चालन गर्न।
  • कतारमा रहेका नेपालीहरूबीच आपसी भाईचारा तथा एकताको भावना जगाउन निरन्तर प्रयासरत रहन ।
  • हाम्रो समृद्ध सम्पदाको प्रवर्द्धन गर्न नियमित सामुदायिक कार्यक्रम, नेपाली साहित्य, कला, सांस्कृतिक कार्यक्रम साथै नेपालमा मनाईने सबै चाडपर्वहरू सामुदायिक स्तरमा आयोजना गरि परस्पर भातृत्वको बिकास गर्न ।
  • कतारमा रहेका नेपाली दाजु-भाई दिदिबहिनिहरुलाई हरेक सामाजिक कार्यमा सक्रिय सहभागि हुनका लागि प्रोत्साहन गर्न साथै सबै नेपालीजनको आवाजहरु गैर आवासीय नेपाली संघ द्वारा सुनिएको सुनिश्चित गर्न।
  • कतारमा रहेका नेपाली कामदारहरूका लागि श्रम अधिकार, उचित पारिश्रमिक र जीवनयापनका समस्याहरूलाई सम्बोधन गर्न रोजगारदाताहरू एवं आवस्यकता अनुसार स्थानीय अधिकारीहरू सँग समन्वय गर्न।
  • रबिन मगर
    महासचिव पदको उम्मेदवार
    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार ।

 

 

 

सम्बन्धित समाचार