पर्वत समाज कतारको बृहत रक्तदान कार्यक्रम भोलि…..

दोहा कतार / पर्वत समाज कतारले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम भोलि अर्थात शुक्रबार हुन लागेको छ । “रक्तदान जिवानदान” भने मुल नारा सहित सस्थाले कतारको दोहा स्थित हामद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा यस्तो सराहणीय कार्यक्रम गर्न लागेको हो ।

शुक्रबार बिहान ८ बजेदेखि सुरु भएर दिउँसो १ सम्म चल्ने उक्त कार्यक्रममा सहभागीताको लागि कतारमा रहेका सम्पुर्ण संघ सस्थाहरु, बैचारिक सस्थाहरु सबैलाई पत्रचार गरिसकेकोले उल्लेखनीय उपस्थितिको अपेक्षा गरेको सस्थाको अध्यक्ष रघु शर्माले जानकारी गराएका छन ।

रक्तदाता संघ कतारसङ्गको समन्वयमा हुन लागेको कार्यक्रममा रक्तदान गर्न आउने रक्तदाताहरुलाई यातायातको सुबिधा पनि रहेको आयोजकले बताएका छ ।

रक्तदाताले ध्यान दिनुपर्ने केही नियमहरु छन जस्तै :-

  • रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
  • रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
  • रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना पुरा भएको हुनुपर्नेछ ।
  • रक्तदाता कम्तीमा ७ घन्टा सुतेको कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको र खाली पेट नभएको हुनुपर्नेछ ।
  • रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ ।
  • रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ ।

यतायतका लागि सम्पर्क :-

राम प्रसाद शर्मा ( 70211172)
बस छुट्ने समय: बिहान ८ बजे
स्थान : ग्रान्ड मल सनैया

अन्य जानकारीका लागि सम्पर्क :-

रघुनाथ शर्मा- 77624277
आनन्द जि सी- 66596677
भरत मल्ल- 30149813

 

 

 

सम्बन्धित समाचार