एनआरएनए एनसीसी कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित अन्य पदमा को-को भए विजयी…….

दोहा कतार – गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको दशौ अधिबेशनबाट आगामी कार्यकाल २०२३-२०२५ को लागी भएको कार्यसमिति निर्वाचन सफलता पुर्बक सम्पन्न भएको छ । बुधबार बिहान १०:०० बजेदेखि अनलाइन मार्फत सुरु भएर बिहीबार राति १२:०० सम्पन्न भएको निर्वाचनबाट अध्यक्ष पदको प्रतिस्पर्धी पदम गिरीलाई ८४३ मतले पछि पार्दै रमेश भट्ट विजयी भएका छन ।

त्यस्तै अन्य पदहरु प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशव रस्ज कार्की, तृतीय उपाध्यक्षमा सन्दीप कुमार भट्टराई, महिला उपाध्यक्षमा नानू घले ब्लोन, युवा संयोजकमा सुवास बहादुर थापा र महासचिवमा रबिन मगर, सचीवमा ओमबहादुर क्षेत्री(सन्तोष), रोशन अर्याल, सुरज शर्मा अधिकारी, कोषाध्यक्षमा बुद्ध बहादुर पाण्डे, सह-कोषाध्यक्षमा झबिन्द्र आचार्य, युवा संयोजकमा मेहेद सिंह तामाङ र महिला संयोजकमा सुस्मा खतिवडा कटवाल निर्वाचित भएका छन ।

कार्यसमिति सदस्यहरुमा इनुस मोसिन, इसिलाल पण्डित, झबिन्द्र प्रसाद बेलवासे, तिकल बहादुर बस्नेत, दुर्गा बहादुर बि.क, टंक बहादुर बि.क, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, मो.आजत मंसुर, मो. कौसर रब्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक, श्याम प्रसाद पौड्याल निर्वाचित भएका छन ।

लेखा समिति संयोजकमा कबिन्द्र कडेल र लेखा समिति सदस्यमा गिरीराज दुवाडी र बिकास लामा र आइसीसी सदस्यहरुमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजङ्ग शाह, दुर्गा प्रसाद प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की पनि निर्वाचित भएका छन । भने युवा संयोजक मेहेद सिंह तामाङ, महिला संयोजक सुस्मा खतिवडा कटवाल र युवा संयोजक सुवास बहादुर थापा निर्विरोध चयन भएका हुन ।

 ८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा कुल ६२.८० प्रतिशत अर्थात ५ हजार ६ सय २१ जनाले मतदान गरेका थिए भने एनसीसीको दशौं राष्ट्रिय महाधिवेशन आज १२:३० बजेबाट होलिडे ईन,दोहा (द बिजनेस पार्क) मा हुने कार्यतालिका रहेको छ ।

 

 

 

सम्बन्धित समाचार