नेपाली राजदुतावास कतारको बैठक कक्षमै नेपाली जनप्रगतिशिल मंचको अध्यक्ष भण्डारी माथी हातपात….

दोहा कतार – कतार स्थित नेपाली दूतावासको बैठक कक्षमा गत महिना २४/०७/२०२३ मा आयोजना गरिएको सर्वपक्षीय बैठकमा नेपाली जनप्रगतिशिल मंच कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारीले आफू लगायत केहि ब्यक्तिहरु माथी हातपात भएको बताएका छन ।

भण्डारीले निवर्तमान अध्यक्षको पुर्व योजना अनुसार आफ्नो पार्टी समाजबादिको सबै मातहतको प्रतिनिधिहरु लुकाई सम्बन्धित संघ सस्था सङ्गठन र ब्यक्तिहरुलाई अनुपस्थित गराएर विधि र बिधानलाई मिचेर गैरकानुनी रुपमा कतार बस्दै आएका ब्यक्तिहरुलाई प्रयोग गरि दूतावास भित्रै आफू (बुद्धि प्रसाद भण्डारी) एनआरएनए (NRNA)अभियान्ता शनिकुमार ओली र सामाजिक अभियान्ता प्रभात त्रिपाठी माथी मरानसन्न हुनेगरी कुटपिट गरि अबैध दस्तखत गराएर सिङ्गो समाज र एनआरएनएको इतिहासलाई नै दिशाहिन बनाउने कुचेष्टा गरेको आरोप समेत लगाएका छन ।

उनले कुटपिटमा सङ्लग्न केही ब्यक्तिहरुको नाम सहित सामाजिक बहिस्कार र अन्तर्राष्ट्रिय कानुन बमोजिम फौजदारी कार्बाही गराइ पाउ भनी एनआरएनए अभियान्ताहरु सङ्ग अनुरोध गर्दै नेपाली दूतावासले कानुनी प्रक्रिया अघि बढिरहेको भन्दै झुट बोलेर अन्तमा कुटपिटमा सङ्लग्नहरु सङ्गै मिलेर आफुले गरेको मुद्दा फिर्ता लिन लागाएको समेत बताएका छन ।

युक्त घटनामा २५/३० जनाले दूतावासको ढोका थुनी कुटपिट गर्दा आफ्नो कानको जाली फुटेको अरु दुई प्रभात त्रिपाठी र शनीकुमार ओली पनि घाइते भएकोले परिवारको समेत सुरक्षित महसुस नभएकोले दूतावास सहितलाई छानबिन गरि दोषीलाई कार्बाही र पीडितलाई न्याय दिलाइदिन अनुरोध पनि गरेका छन ।

यस विषयमा निवर्तमान अध्यक्ष मुक्तदाले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन । आफूले नै बोलाएको सर्वदलीय बैठकमा आफै मुछिनु दुःखद भएको भन्दै मुक्तदाले आफूमाथि षड्यन्त्र गर्ने प्रयास भएको बताए । उनले बैठकमा आफूले सहमतिका लागि पहलमात्रै गरेको बताए ।

‘बैठकमा सहमति भएन । अहिले त्यसमा मलाई सुनियोजित रुपमा फसाउन खोजिएको मात्रै हो’, उनले भने, ‘त्यहाँ कुटपिट भएकै हो । तर कुन मान्छे आएर हातपात गरेको हो । म उनीहरुलाई चिन्दिनँ ।’

सहमतिको पहलस्वरुप बोलाएको बैठकमा आफूले नै हातपात गरेको भनिनु आरोप बाहेक अरु केही हुन नसक्ने उनको जिकिर छ भने भण्डारीले नेपाल सरकार र विभिन्न सुरक्षा निकायहरुलाई मेनसन गरेर जिउ ज्यानको सुरक्षा गराई पाउ भनेर एउटा लामो निवेदन लेखेका छन ।

भण्डारीले लेखेको निवेदन यस्तो छ।

श्रीमान सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपाल सरकार ,सिंह दरबार, काठमाडौँ नेपाल ।
CC: माननीय पररास्ट्र मन्त्रि ज्यु, नेपाल सरकार पररास्ट्र मन्त्रालय, काठमाडौँ नेपाल।
माननीय गृहमन्त्रि ज्यु, नेपाल सरकार गृह मन्त्रालय ,सिह दरबार काठमाडौँ नेपाल।
प्रहरी महानिरीक्षक ज्यु, नेपाल प्रहरी, प्रहरी प्रधान कार्यालय, काठमाडौँ नेपाल।
प्रहरी महानिरीक्षक ज्यु, शसत्र प्रहरी बल, प्रधान कार्यालय, काठमाडौँ नेपाल।
अपराध अनुसन्धान विभाग प्रहरी प्रमुख ज्यु ,काठमाडौँ नेपाल।
सम्पूर्ण पत्रकार ज्युहरु :-

बिषय : जिउ ज्यानको सुरक्षा गराइ पाउ भन्ने सम्बन्धमा।

महोदय,
उपरोक्त सम्बन्धमा यहि मिति २०२३/०७/ २४ तारीखका दिन गैर आवासीय नेपाली संघ कतार का निबर्तमान अध्यक्षले पुर्ब नियोजित गुण्डा केटा परिचालन गरि बैठक डाकिएको त्यो पनि सर्वपक्षीय बैठकको नाममा आफ्नो पार्टी समाजबादी पार्टीको सबै मताहातका प्रतिनिधि लुकाएर , जो जो संग सम्बन्धित छ त्यो संस्था संगठन व्यक्ति अनुपस्थित गराई ,बिधि बिधान पद्धतिको ठाडो उपाहास गरि , बल प्रयोग गरेर नेपाली राजदुताबास्को सभाहल लाई युद्द मैदानमा परिणत गरि गैर कानुन रूपमा बसेका केटाहरु ल्याएर म बुद्धि प्रसाद भण्डारी र गैर आवासीय नेपाली संघका अभियाँन्ता श्री शनि कुमार ओली ज्यु र सामाजिक अभियाँन्ता श्री प्रभात त्रिपाठी ज्यु लाई मरणाशन्न हुने गरि कुटपिट गराई अबैध दस्तखत गराई सिंगो समाज र गैर आवासीय नेपाली संघको इतिहास लाईनै लज्जित कुरुप दिशाहीन बनाउने कुचेष्टा गरेकोले योजनाकारहरु निज मोहम्मद मुक्तादा मुसलमान र आइसिसी सदस्य नरेश श्रेष्ठ र कुटपिटमा संलग्न अब्दुल रहमान,राम बहादुर हमाल लाई हदै सम्मको सामाजिक बहिस्कार र कतार तथा अन्तरास्ट्रिय कानुन बमोजिम फौजदारी सजायं गराई पाऊँ भनि सम्पूर्ण गैर आवासीय नेपाली संघका अभियाँन्ता ज्युहरुमा बिनम्र अनुरोध गर्दछु।
नेपाली राजदुताबासका राजदुतले यत्रो दिन सम्म कानुनी प्रक्रिया अघि बढेको छ भन्दै झुट बोल्दै गरेको र अन्त्यमा उल्टै कुटपिटमा संलग्नहरु संग मिलापत्र गर्ने भावले कुरा गरेपछि , राजदुत लम्पट भएको अनुभूति पश्चात यो निबेदन लेख्दै छु।
नेपाली राजदुताबास कतारका राजदुत श्री नरेश बिक्रम ढकालको पनि गुण्डा केटाहरु संग जो कतार सरकार बाट (deported ) भएका तर गैर कानुनि रूपमा लुकेर बसेका व्यक्तिहरु संग निरन्तर उठबस, सम्बाद , बैठक गर्नुले घटना लाई लुकाउन , साम्य पार्न थप मद्धत पुगेको छ। योजनाकारहरु गुण्डा केटाहरु जो जो संलग्न थिए उल्टै मेरा (पिडित जसको कानको जाली फुटेको छ) बिरुद्ध केश हाल्ने काम राजदुतकै उक्साहटमा हो कि भन्ने आशंका उत्पन्न भएको छ।
राजदुतले तेस्ता कतारको कानुनले बर्खिलाब गरेर deported भएका व्यक्ति संग उल्टै दिनहुँ छलफल गरि मलाईनै केश निकाल्न लगाउनु भनि राजदुत मार्फत प्रेसर र दबाबमा पारियको छ भने तिनै केटाहरु मार्फत सुन्नमा आएको छ। कतारका सामाजिक अभियाँन्ता सिङ्गो नेपाली समाज एकातिर र अर्को तिर गैर कानुनि रूपमा गुण्डा हरुको साथमा नेपाली राजदुत हुनु बडो बिचित्र एवं बिडम्बना देखिएकोले,सम्बद्ध सम्पूर्णमा मेरो बिनम्र अनुरोध छ निज राजदुत उपर पनि शंका लागेकोले निज राजदुत लागायत उक्त घटनामा संलग्न सम्पूर्ण दोषी उपर कारबाही गरि पाउँ र मलाई श्री शनि कुमार ओली र श्री प्रभात त्रिपाठी लाई न्याय दिलाई पाउँ भनि बिनम्र अनुरोधात्मक निबेदन पेश गर्दछु।
नेपाली राजदुतले कानुनी प्रक्रिया अघि नबढाई, रोकेर कुटपिटका अभियुक्तहरु संग बारम्बार छलफल गर्नु र उल्टै मलाई मुद्दा झिक्न लगाउनु र जो म उक्त घटना बाट पिडित छु , मलाई २५ देखि ३० जनाले दुताबासको बैठक कक्षको ढोका थुनेर कान फुट्ने गरि कुटपिट गरिएको छ , उक्त कुटपिट पश्चात मैले हार-गुहार गर्ने क्रममा सामाजिक गुहार मागेको बिषय लाई लिएर उल्टै मेरा बिरुद्द मुद्दा दर्ता गर्नुले कानुनी राज्यको बर्खिलाब भएको छ।
अन्त्यमा म , मेरो परिवार र मेरो बच्चा हरु समेत सुरक्षित महसुस हुन नसकेको ले निज राजदुत समेत लाई छानबिन गरि म ,मेरो परिवार र कुटपिट बाट घाईते हामी ३ जना श्री प्रभात त्रिपाठी श्री शनि कुमार ओली म स्वयम र सिङ्गो नेपाली समाज लाई न्याय दिलाउनु हुन बिनम्र अनुरोध गर्दछु। साथै मेरो परिवारको ज्यु ज्यानको सुरक्षाको निम्ति सम्बद्ध सबै पक्ष सँग बिनम्र अनुरोध गर्दछु।
नोट:
१-अन्य प्रमाणको लागि नेपाली राजदुताबास को CC Camera मा Video recording स्पष्ट देख्न सकिने।
२-उक्त कुटपिट बाट म बुद्धि प्रसाद भण्डारी को कानको जाली र हड्डी फुटेको – Medical Report from Hamad Hospital Qatar of बुद्धि प्रसाद भण्डारी।

धन्यवाद , नमस्कार।

बुद्धि प्रसाद भण्डारी
NRNA NCC पार्षद – QA01000063
दोहा – कतार।
Mobile: 77080022
(Doha Qatar)

 

सम्बन्धित समाचार