१३ वर्षपछि फेरि महानायक राजेश हमाललाई भेट्दा भाबुक बने बिजय गौतम……

दोहा कतार- कतारमा आफ्नै व्यावसाय गर्दै आएका स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँ पालिका-४ गहलाममा जन्मिएका बिजय गौतमले E2W HR कम्पनीको पहिलो बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि बनेर आएका महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराईसङ्ग १३ वर्षपछि आफ्नै व्यावसाय स्थान सुइ धागा टेलरिङ एण्ड टेक्सटाइलमा निमन्त्रणा गरि अनौपचारिक भेट गरेका छन ।

गौतम वैदेशिक रोजगारीमै रहदा २०१० मा नेपाल पत्रकार महासंघ शाखा मलेसियाले आयोजना गरेको एउटा साङ्गीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रको राजा मानिने गायक राजु परियार, नेपाली साङ्गीतिक यात्रामा अत्यधिक सफल गायक राजेश पायल राई र सिने जगतको धरोहर महानायक राजेश हमाललाई मलेसिया लान आफैले पहल गरेको बताए ।

गौतमले निकै मिहिनेत गरेर मात्र तीन जना स्टार एकै पटक एकै ठाउँमा उभ्याउन सफल भएको कुरा सुनाउदै त्यसबेला खिचिएको फोटो मोबाइलमा देखाउदा हमाल अचम्मित अनि खुशी भएका थिए भने गौतम लामो समयपछी मौकाले कतार आइपुगेको बेला आफुले गरेको निमन्त्रणालाई सहजै स्विकार्दै पसलसम्म आएर आफ्नै अगाडि उभिएका हमालको अङ्गालोमा बेरिन पाउदा खुशी सङ्गै भाबुक देखिएका थिए ।

छोटो समयको भेटघाट पश्चात छुटिने बेलामा पसलको भित्तामा टासीएको आफ्नो फोटो हेरेर छक्क पर्दै हमालले कहिले काहीँ नसोचेको हुदो रहेछ भन्दै लामो समय पछि फेरि भेट भएकोमा खुशी व्यक्त गरेका थिए भने  गौतमको माया र सद्भावलाई सधैं मनमा राखिराख्ने र फेरि फेरि पनि यस्तो भेट हुने मौका मिलोस भन्दै व्यावसाय सफलताको शुभकामना दिएका थिए ।

 

 

 

 

सम्बन्धित समाचार