गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले राजदुतावासमा श्रमीक हेल्प डेस्क स्थापना गर्ने…..

दोहा कतार – गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले नेपाली राजदुतावासमा श्रमीक हेल्प डेस्क स्थापना गर्ने भएको छ ।

दोहाको नज्मा स्थित होटेल क्राउन प्लाजामा बसेको एनसीसी कतारको पहिलो कार्यसमिति बैठकले दुतावास पुग्ने नेपाली श्रमीकहरुको सहयोगको लागि नियमित कर्मचारी रहने गरि दुतावास सँग समन्वय गरेर हेल्प डेस्कको स्थापना गर्ने निर्णय गरेको हो ।

गैरअवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका नव निर्वाचित अध्यक्ष रमेश भट्टले राजदुतावासमा पुग्ने श्रमीकहरुले पासपोर्ट रिन्युको लागी फाराम भर्न फोटोकपी गर्न र अन्य दूतावाससङ्ग सम्बन्धित कामहरुमा समस्या भोगीरहेको अवस्थालाई मध्यनजर गर्दे फोटोकपी मेशीन सहित कर्मचारी रहने गरि हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको बताएका छन ।

यस्तै संस्थाका प्रथम उपाध्यक्ष एवं सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण विभागको संयोजक कृष्ण पन्थीले हेल्प डेस्क सञ्चालनको लागि आवश्यक खर्च एनसीसी कतारबाट नगरी अरु विभिन्न स्रोत बाट जुटाउने जानकारी जनता खबरलाई जानकारी गराएका छन।

 

 

 

सम्बन्धित समाचार