सुन प्रकरण : कर्मचारीमाथि अनुसन्धान सुरु गरेपछि विमानस्थल भन्सारका सबै सेवा ठप्प

 

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज भन्सार जाँचपास ठप्प भएको छ।

साउन २ मा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान हुने भएछि उनीहरु आन्दोलित भएका छन्। सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको दाबी छ ।

विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ परेका हुन् ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

सम्बन्धित समाचार