कतारमा स्थापित करिब ६० वटा संघ सस्थाहरुले मनाए एक साथ तिज…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा कतार – नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अबसर पारेर बिगतको वर्षहरुमा जस्तै यो वर्ष पनि कतारमा सचेतना सहित बृहत सास्कृतिक कार्यक्रम आयोजनाको साथ शुक्रबार सम्पन्न भएको छ।

नेपाली महिला समाज कतार, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समितीको महिला बिभाग तथा कतारमा स्थापित विभिन्न ५७ वटा संघ सस्थाहरुको संयुक्त आयोजनामा नेपाली महिला समाजकी अध्यक्ष सरिता भण्डारीको सभापतित्व, नेपाली राजदुतावास कतारका का.बा.राजदूत कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अल थुमामा स्थित एथ्लेन स्पोर्ट्स इभेन्टसको बिशाल हलमा आयोजना भएको कार्यक्रममा कतारमा स्थापना भएका विभिन्न संघ सस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरु, बैचारिक सस्थाका प्रमुखहरु, बिशिस्ट ब्याक्तित्वहरु, समाजसेवी, बुद्धिजीवीहरु, कलाकार तथा पत्रकारहरुको साथै उल्लेखनीय नेपालीहरु अन्य देशका नागरिकहरुको पनि उपस्थिति रहेको थियो ।

तोकिएको समयभन्दा केही ढिलो गरि सुरु भएको कार्यक्रममा दिप प्रज्वलन, राष्ट्रिय गान पश्चात बाल कलाकारहरु दिया सिङ, प्रज्ञा निउरे, आरोही थापा समृद्धिले स्वागत गीत मार्फत अतिथिहरुलाई स्वागत गरेका थिए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारकी महिला संयोजक सुस्मा खतिवडाले स्वागत मन्तव्य राखेकी कार्यक्रममा एनसीसी कतारका अध्यक्ष रमेश भट्ट, एनआरएनए आईसीसीका उपाध्यक्ष आर.के शर्मा, सामाजिक ब्याक्तित्व सागर नेपाल, महिला समाजकी प्रमुख सल्लाहकार अमिना खान लगायतका वक्ताहरुले आ-आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रम अबधिभर दोहामा स्थापित संघ सस्थामा आबद्ध तथा ब्यक्तिगत रुपमा सहभागी भएका कलाकारहरु सिमरन श्रेष्ठ, गुना मगर, रबिन महर्जन, यमुना पटेल, रञ्जना गुरुङ, सुष्मा तामाङ, रेजीना गुरुङ, दीपक मगर, ललिता, रिया तामाङ, क्षितिज किरण गैरे, रितुकाली थापा, लोकेन्द्र दूतराज, सुरेश बिसी, प्रताप मुस्कान, जिया हमाल, कृजल पन्थी, सन्देश सोनी, झुमा परियार, रेस्मा प्याकुरेल, आरुषी थापा, बार्बी खड्का, दिक्षा लामिछाने, आरजु राई, तारा थिङ, मेनुका खतिवडा, खुसी कार्की, अन्जु परियार, सन्दिपा राई, चन्द्रमाया मगर, रेस्मी विश्वकर्मा, सिर्जना गुरुङ, संगीता गहतराज, मधु चौधरी, रचना तामाङ, निरमाया सिङ्ताङ, अस्मिता आले मगर, कमला गुरुङ, दिज्ञा सिंह, प्रतीक्षा निउरे, रिया तामाङ, बाबु कौसल, शान्ति वली, सृष्टि लामा, अनु चौधरीलगायतले फरक-फरक सांगीतिक प्रस्तुतिहरु दिएका थिए । 

सचेतना कार्यक्रम अन्तर्गत कतार सरकार गृह मन्त्रालय सामुदायिक प्रहरी विभाग (कम्युनिटी पुलिस डिपार्टमेन्ट)का भाषा विद तथा समुदाय संयोजक डाक्टर बहाउद्दीन अहमदले यहाको पछिल्लो समयमा थपिएको र कार्यान्वयनमा आएको नियमहरुको बारेमा जानकारी गराउदै सबैले सवारी चलाउदा नीत नियमलाई उलंघन नगर्न र त्यसो गरेमा हदैसम्मको कार्बाही हुने भन्दै सचेत गराएका थिए ।

साथै प्रमुख अतिथि सुबेदीले दूतावास कतारमा रहेको सम्पुर्ण श्रमिकहरुको हक हितको लागि सदैव साथमा रहने बताउदै तिज पर्व नेपाली पर्व भएको ले महिलाहरुको मात्र भन्न नमिल्ने भन्दै उपस्थित सबैलाई तिजको शुभकामना दिएका थिए भने अन्य वक्ताहरु सबैले बिषेश गरि कतारमा रहेका नेपाली समाजको बढ्दो बिकृती बिसङ्गति र सामाजिक मेलमिलाको बिषयमा बोलेका थिए ।

सस्थाकी सचिब सन्ध्या अर्याल र मेनुका खतिवडाले सहजीकरण गरेको कार्यक्रमको अन्तमा महिला समाजकी अध्यक्ष तथा कार्यक्रमको सभापति सरिता भण्डारीले कार्यक्रम सफल बनाउन समन्वयको साथै सहयोग गर्ने र ब्यस्त समयमा पनि उपस्थित भएर सस्थ दिनुहुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी,संघ सस्थाहरु सबैलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि साथ सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन गरेकी थिइन ।

 

nepalijanatakhabar

समबन्धित समाचार